१२ वर्षीया बालिकाले बच्चा जन्माएर झाडीमा फ्याँकेपछि…

सुन्दैमा अपत्यारिलो तथा कहालीलाग्दो घटना चीनमा भएको छ । जसले मानवतालाई नै लज्जित बनाएको छ । यो मामिलामा कसलाई दोष दिने ? जवाफ दिन गाह्रो छ । चीनको यिबिन सहरमा एक १२ वर्षीया बालिकाले बच्चा जन्माइन् अनि जन्माएको बच्चालाई झाडीमा फ्याँकिन् ।

ती १२ वर्षे बालिका असहाय थिइन् । उनलाई बाबु–आमाले छाडेका थिए । स्थानीय पुलिसका अनुसार बालिकाको त्यहीँ अवस्थाको कसैले फाइदा उठायो र उनलाई बलात्कार गरी गर्भवती बनायो ।

यसरी बलात्कृत भएपछि गर्भ रहन्छ र बच्चा जन्मिन्छ भन्ने कुरा बालिकालाई थाहा थिएन, त्यसैले उनले आफूलाई कसैले बलात्कार गरेको कुरा कसैलाई भनिनन् । अन्ततः ५ कक्षामा पढ्ने ती बालिकाले बच्चा जन्माइन् र कसैलाई पनि नभनीकन झाडीमा फ्याँकिन् । तर, केही मानिसले त्यो बच्चा देखे । बच्चालाई तत्कालै अस्पताल लगियो । पुलिसले बच्चाको आमाको खोजी गर्‍यो । अन्ततः ती १२ वर्षे बालिकाले बच्चा जन्माएको पत्ता लाग्यो ।

समाचार अनुसार, सहरका मानिसहरूले उक्त बच्चाको उपचारका लागि धनदान गरिरहेका छन् । आमा र बच्चा दुवै स्वस्थ भएसँगै उनीहरूलाई अनाथाश्रम पठाइनेछ । यी बालिका आमालाई कसले गर्भवती बनाएको हो भन्ने कुराको खोजी पुलिसले गरिरहेको जनाएको छ ।

स्मरण रहोस्, चीनमा झन्डै ९० लाख बालबालिकालाई उनका बुवाआमाले छाडेका छन् । बुवाआमा जागिरको खोजीमा अन्यत्र जाँदा बालबालिका असहाय हुने गरेका छन् । कतिपय बच्चालाई घरका अन्य सदस्यले पालेका हुन्छन् त कतिपय असहाय नै हुन्छन् ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *