युरोपमा मोडलिङ प्रतियोगितामा नेपाली चेली सेमीफाईनल नजिक

 असाेज ४, काठमाडाैं। युरोपको मोडलिंग क्षेत्रमा महत्त्वपूर्ण प्रतिस्पर्धाका रूपमा रहेको टप मोडल युरोप प्रतियोगितामा बेल्जियममा बसेर मोडलिंग गरिरहेकी नेपाली चेली योगिता थापा सेमीफाईनल नजिक पुगेकी छन् । युरोपेली युनियनको राजधानी बेल्जियमको ब्रसेल्समा हुने सेमीफाईनल छनौट आगामी अक्टोबर ७ मा हुँदैछ । युरोप भरीबाट मोडल हुन इच्छुक हजारौँ प्रतिष्पर्धीहरुका बिच यसअघि भएका दश भन्दा बढी अडिसनबाट छनौट भएका ३ सय जना भित्र उनी परिसकेकी छन् ।

अबको चरण पार गर्नका लागि पचास प्रतिशत भोटिंङ र पचास प्रतिशत व्यक्तिगत प्रस्तुतिका आधारमा सेमीफाईनल प्रवेश हुने भएकोले थापाले भोटका लागि अपिल गरिसकेकी छन् । विश्वव्यापी रूपमा अनलाइन भोटिंङ गर्न सकिने भएकोले संसारभरिका नेपालीहरूलाई भोटिंङ गरिदिन उनले अपिल गरेकी छन् । भोटिंङका लागि आयोजकले आगामी सेप्टेम्बर ३० सम्मको समयसीमा तोकेको छ ।

उक्त प्रतियोगितामा एसियाबाट उनको मात्र प्रतिनिधित्व रहेको छ । प्राप्त भोटिंङको आधारमा टप फाईभलाई सिधै फाईनल प्रवेश दिइने भएकोले सम्पूर्ण नेपालीहरूले भोटिंङ गरेर उनलाई फाईनलमै प्रवेश गराईदिन अनुरोध पनि गरेकी छन् । यद्यपि टप फाईभमा नपरेको अवस्थामा पनि व्यक्तिगत प्रस्तुतिकरणका आधारमा फाईनलमा पुग्ने वैकल्पिक अवस्था पनि रहने छ ।

को हुन् योगिता थापा ?
विगत एक दशक देखि बेल्जियमको लिएज सहरमा बस्दै आइरहेकी मोडल थापा काठमाण्डौमा जन्मिएकी हुन् । उनले भारत र मलेसियाबाट फेसन डिजाईनिङ र मोडलिङमा डिप्लोमा गरेकी छन् । यस अघि पनि उनले टप मोडल बेल्जियम प्रतियोगितामा तेस्रो उपाधि हासिल गरेकी थिइन् ।

विभिन्न संघसंस्था समेतमा आबद्ध उनी भर्खरै सम्पन्न एनआरएन बेल्जियमको उपाध्यक्षमा निर्वाचित भएकी छन् ।
उनलाई तलको लिन्कमा गएर भोट गर्न सकिन्छ ।

https://topmodeleurope.net/?contest=photo-detail&photo_id=5089

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =