टिपरको ठक्करले नाबालकको मृत्यु

कार्तिक २२, बनेपा । काभ्रेपलाञ्चोकको दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको टिपरले तामाघाटमा ठक्कर दिँदा आज बिहान एक नाबालकको मृत्यु भएको छ । बा ४ ख ३२६८ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

दुर्घटनामा तीनवर्षीय रामबहादुर कुँवरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए । दुर्घटनाको विषयलाई लिएर बिहान ९ बजेदेखि अरनिको राजमार्ग बन्द भएको छ । प्रहरीले सडक खुलाउने विषयमा वार्ता जारी रहेको उल्लेख गर्दै दुर्घटनामा संलग्न गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =