मेक्सिकोमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या एकसय ३० बढी

काठमाडौं, असोज ४ । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी एकसय ३० भन्दा बढीको मृत्यु भएको अधिकारहिरुले बताएका छन् । अहिले उद्धारको काम चलिरहेको र मर्नेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका बीबीसीले लेखेको छ ।

मेक्सिकोको पोएब्ला राज्य केन्द्रविन्दु भएर ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले मोरेलोस, पोएब्ला र मेक्सिको सिटीमा बढी क्षति पु¥याएको बताइएको छ । मेक्सिकोमा पछिल्लो समय भूकम्पले ठूलो क्षति गरेको छ । सेप्टेम्बरको सुरुमा मेक्सिकोको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर गएको ८ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण कम्तिमा ९० जनाको मृत्यु भएको थियो ।

बीबीसी हिन्दीका अनुसार मंगलबार राति गएको भूकम्पको केन्द्रविन्दु पोएब्ला राज्यको एटेनटिङ्गो नजिक हो । यो ठाउँ मेक्सिको सिटीबाट एक सय २० किलोमिटर पर पर्छ । मेक्सिकोमा ३२ वर्षअघि यही समय गएको भूकम्पमा १० हजार भन्दा बढीको मृत्यु भएको थियो । मेक्सिको भूकम्पको उच्च जोखिममा रहेको देश हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *