स्थानीय तहको सहज निर्वाचनले सकारात्मक सन्देश दिएको नेता नेपालको भनाइ

काठमाडौं, असोज ३ । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपालको संविधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको सहज निर्वाचनले सकारात्मक सन्देश दिएको बताउनुभएको छ । आज ईटहरीमा आयोजित कार्यक्रममा उहाँले संविधान संशोधन र परिमार्जनका एकल नारा लगाउदै आएका राजनीतिक दल एवं शक्तिलाई नेपाली जनताले जनमतद्वारा सन्देश दिएको बताउनुभयो ।

प्रदेश नं २ को स्थानीय तहको निर्वाचनले प्रदेश र संघको निर्वाचनलाई समेत प्रभाव पार्न सक्ने भएकाले अहिलेको निर्वाचन परिणामले नेकपा एमालेलाई कसरी अघि बढ्नुपर्छ भन्ने रणनीति बनाउन बल पुग्ने उहाँको जोड थियो ।

प्रदेश नं २ मा एमाले पहिलो पार्टी नभएपनि जनताले दोस्रो भन्दा कम हुन नदिने बताउनुभयो । उहाँले प्रदेशको चुनावमात्र होइन अब एमालेका लागि संघको चुनाव समेत जित्नै पर्ने चुनौति आएको भन्दै जिम्मेवारी एवं चुनौतीलाई ध्यान दिइ अघि बढ्न सबै कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *