अर्चना पनेरू उनकी आमा सहित डान्सबारबाट पक्राउ

असाेज ३, काठमाडौँ । पोर्नस्टार बन्छु भन्दै हिँडेकी अर्चना पनेरू उनकी आमा सहित नयाँ बसपार्कबाट पक्राउ परेका छन् । सोमबार राति डान्स बारमा मदिरा सेवन गरी होहल्ला गरेपछि उनीहरू पक्राउ परेका हुन् ।

उनीहरू बसपार्कस्थित मुन वाकर डान्सबारबाट पक्राउ परेकी हुन । राती १२ बजे मदिरा सेवन गरेर हल्ला गरेपछि अर्चना पनेरू र उनकी आमा सुनिता पनेरू पक्राउ परेकाे महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कका प्रहरी निरीक्षक हरिहर सुनुवारले जानकारी दिए ।

सुनुवारका अनुसार उनीहरूले सीमा नाघेर होहल्ला गरेपछि स्थानीयको खबरमा पक्राउ गरेको बताए । उनले सार्वजानिक अपराध अनुसार उनीहरूलाई कारबाही अगाडि बढाउने समेत जानकारी दिए ।

पछिल्लो समय मुन वाकर डान्सबारमा अनेक गतिविधि हुँदै आइरहेको छ । त्यहाँ कार्यरत कर्मचारीलाई तलब दिनुपर्छ भन्दै अपहरण शैलीमा उठाएर कुटपिट गरेको समेत पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =