टेलिकमको नयाँ एप्लिकेश जसबाट लाइभ टिभीदेखी एफ एम सुन्न सकिने

असाेज ३, काठमाडौँ । नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले अब लाइभ टिभी, चलचित्र र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् । यस्तो सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ (WOWTIME) मङ्गलवारबाट सञ्चालनमा आएको छ । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा एप्स सञ्चालनमा आएको हो ।

लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल हेर्न सकिन्छ । एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो र एफएम समेत सुन्न सकिने जनाइएकाे छ । साथै भविष्यमा च्यानलको सङ्ख्या आवश्यकता अनुसार थप्दै जाने योजना रहेको टेलिकमले जनाएको छ । त्यसै गरी विभिन्न विधाका मुभी, म्युजिक भिडियो तथा टिभी शोहरु पनि हेर्न सकिन्छ । नेपालमा उपलब्ध एफएम रेडियोसमेत यही एप्समार्फत सुन्न सकिन्छ ।

यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड/पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुने टेलिकमले जनाएको छ । अहिलेलाई दसैँ तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप्स सब्स्क्रिप्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई सेवा उपलब्ध गराइएको पनि टेलिकमले जनाएको छ । एक महिना पछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रूपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।

‘वाउटाइम’ मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । मोबाइल एप्स मोबाइलमा डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर राख्नासाथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी रजिष्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
स्राेत : उज्यालाे अनलार्इन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *