आर्मीलाई हराउदै धरान आहा राराको सेमिफाइनलमा

पोखरा, माघ १४ । १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको प्रिक्वाटर फाइनलमा नेपाल आर्मी क्लबलाई हराउदै धरान फुटबल क्बल सेमिफाइनल प्रबेशगरेको छ। आहा राराको तीन पटकको उपविजेता नेपाल आर्मी क्लबलाई हराउदै धरान फुटबल क्बल सेमिफाइनलमा प्रबेश गरेको हो ।
जित सगै धरान क्लव फाइनल प्रबेशका लागि एपिएफ र थ्रीस्टारको विजेता सगँ खेल्ने छ । निर्धारीत समय र थप समयमा दुबै टिमबाट एक÷एक गोल भए पछि खेल ट्राइब्रेकरमा ५–४ गोलले धरान विजयी भएको हो । यस सिजनको तीन वटा उपाधी जिति सकेको आर्मी आहा रारामा भने पहिलो खेलबाटै बाहिरीएको हो।

आर्मीका जर्ज प्रिन्स कार्कीको प्रहार बारमा लागेर बाहिरिए पछि आर्मी ट्राइब्रेकरको सिकार भयो । खेलको १८ औ मिनेटमा आर्मीका टिम क्याप्टेन भरत खवासले गोल गरेर आर्मीका खाता खोलेका थिए । एरिक विष्टले कर्नरबाट प्रहार गरेको बललाई विकास तामाङले डिबक्समा मिलाई दिएको बललाई भरतले गोल गरेका थिए ।
धरानका लागि खेलको ६३ औ मिनेटमा खेलको म्यान अफदि म्याच बन्न सफल निशान लिम्बुले गोल गरेका थिए । ट्राइब्रेकरमा धरानका बिष्णु सुनार, सुरज विक, रोमन लिम्बु, बर्तमान राई र निशान लिम्बुले गोल गरे । त्यसै गरि आर्मीका लागि नवयुग श्रेष्ठ, दिप लामा, दिपक गुरुङ र विवेक बस्नेतले गोल गरे । सोमबारको खेल नेपाल पुलिस क्लब र थ्री स्टार विच खेल हुने छ ।








