यस्ताे छ अभिनेता सञ्जय दत्तकाे ६ जनासँगकाे प्रेम कथा !

एजेन्सी । सञ्जय दत्तको फिल्म ‘भूमि’ सेप्टेम्बर २२ तारिखमा रिलिज हुने तयारीमा छ । सञ्जयको जीवन उतारचढावले भरिएको छ । लागुऔषध र हतियार राखेको आरोपसहित उनका प्रेम सम्बन्धले पनि अत्यधिक चर्चा बटुल्यो । सञ्जय अहिले मान्यतासँग सफल वैवाहिक जीवन व्यतित गरिरहेका छन् । तर, उनका थुप्रै नायिकासँग सम्बन्ध रहिसकेको छ जसमा रेखा पनि समावेश छिन् ।

सञ्जयकी जेठी श्रीमती रिचा शर्मासँग उनको भेटघाट फिल्मको मुहुर्तमा भएको थियो । सञ्जयले जबदेखि रिचाको तस्बिर स्थानीय म्यागजिनमा देखेका थिए तबदेखि उनी उनका प्रशंसक बनेका थिए । जब रिचा सन् १९८७ मा फिल्म ‘आग ही आग’ को सुटिङ गरिरहेका थिए तब सञ्जयले उनलाई प्रेम प्रस्ताव राखेका थिए । रिचाले त्यति बेला कुनै जवाफ दिइनन् । तर, सञ्जयले पटकपटक उनलाई जवाफ दिनका लागि फोन गरिरहन्थे । अन्त्यमा रिचाले उनको प्रस्ताव स्वीकार गरिन् । दुवैले सन् १९८७ मा विवाह गरे । सन् १९८८ मा उनकी जेठी छोरी त्रिशालाको जन्म भयो । छोरी जन्मिएको दुई वर्षपछि उनलाई ब्रेन ट्यूमर भएको थाहा भयो । सन् १९९६ मा रिचाको निधन भयो ।

सन् १९९१ मा ‘साजन’ को सुटिङको क्रममा सञ्जय दत्त र माधुरी दीक्षित नजिकिए । दुवैको प्रेम सम्बन्धबारे बलिउडमा चर्चा हुन थाल्यो । दुवै विवाह गर्न चाहन्थे तर माधुरीका पिता उनीहरूको सम्बन्धको विरोधी थिए किनभने सञ्जय दत्त त्यति बेला विवाहित थिए र उनका एक छोरी पनि थिइन् । सन् १९९३ मा मुम्बई धमाकामा सञ्जयको संलग्नताको खबर सार्वजनिक भएपछि माधुरी आफैँ उनीबाट टाढा भएको बताइन्छ ।

रिचा शर्माको मृत्युपछि सञ्जय भेट मोडल–समाजसेवी रिया पिल्लईसँग भयो । १३ महिना जेलको सजायँ काटिरहेका सञ्जयसँग रिया नजिकिइन् । उनी सञ्जयलाई भेट्न जेल पनि जाने गर्दथिन् । सन् १९९८ मा सञ्जयले रियासँग विवाह गरे । यद्यपि, उक्त विवाह धेरै समयसम्म टिक्न सकेन र अन्त्यमा सन् २००५ मा दुवैले सम्बन्धविच्छेद गरे ।

सन् २००२ मा सञ्जयको नाम उनको फिल्म ‘कांटे’ की को–स्टार नादिया दुर्रानीसँग पनि जोडियो । नादियाका कारण नै सञ्जय र रियाको सम्बन्ध टुटेको बताइन्छ । तर, उनीहरूको प्रेमसम्बन्ध पनि केही दिनसम्म मात्र टिक्न सक्यो ।

रिपोर्टका अनुसार सञ्जय दत्त र लिजा रेको सम्बन्ध पनि केही सयमका लागि चलेको थियो । सञ्जय दत्त र रेखा सन् १९८४ मा फिल्म ‘जमिन आसमान’ को सुटिङ गरिरहेका थिए । त्यति बेला उनीहरूको प्रेम सम्बन्धबारे पनि चर्चा चलेको थियो । त्यति बेला रेखाको नाम अमिताभ बच्चनसँग जोडिएको थियो । त्यति बेला रेखा र सञ्जयले विवाह गरिसकेको र दुबैजना सहरबाट बाहिर गएको खबरको चर्चा सर्वत्र थियो । अमिताभलाई जलाउनका लागि रेखाले सञ्जयसँग सम्बन्ध स्थापित गरेको अफवाह पनि चलेको थियो ।

सञ्जय दत्त जतिबेला नादियालाई डेट गरिरहेका थिए त्यति बेला उनी जूनियर आर्टिस्ट दिलनवाज शेख (मान्यता) लाई पनि रुचाउँथे । सञ्जयले मान्यता र नादियामा जमिन– आकाशको अन्तर पाए । नादियालाई विलासी जीवन मन पर्दथ्यो भने मान्यता साधारण महिला थिइन् । सञ्जयलाई मान्यताको त्यही सरलता मनपर्यो र दुई वर्षको अफेयरपछि सन् २००८ मा उनीहरूले विवाह गरे । सन् २०१० मा उनीहरूको जुम्ल्याहा सन्तान शाहरान र इकराको जन्म भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =