पर्सा जिल्लाकाे ताजा मत परिणाम यस्ताे छ

असोज ३, वीरगन्ज । पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये वीरगन्ज महानगरपालिका बाहेक अन्य सबै नगर र गाउँपालिकामा मतगणना सुरु भएको छ । मतगणना जारी रहेकामध्ये ६ स्थानीय तहको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएकामध्ये एमालेले चार र काँग्रेस माओवादीले एक–एक स्थानीय तहमा अग्रता लिएका छन् । एमालेले पर्सागढी, पटर्वा सुगौली, सखुवा पर्सौनी र बिन्दबासिनी गाउँपालिकामा अग्रता लिएको महेश दासले जानकारी दिएका छन् ।

माओवादी केन्द्रले ठोरी गाउँपालिकामा अग्रता लिएकाे छ । भने, कालिकामाई गाउँपालिकामा काँग्रेस अघि छ । पटेर्बासुगौली गाउँपालिका वडा न १ मा एमालेका फरमान मिया अन्सारीको प्यानलै विजयी भएको छ । बिन्दबासिनी गाउँपालिका वडा नम्बर १ मा एमालेका सगिर मियाको प्यानलैले जित निकालेको छ । ठोरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका रामप्रकाश कुँवरको प्यानल विजयी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *