नेकपा एमाले धनुषाका तीनवटा वडामा विजयी

असोज ३, धनुषा । नेकपा एमाले धनुषाका तीनवटा वडामा विजयी भएकाे छ । धनुषाको हंसपुर नगरपालिका वडा नं. १ को वडाध्यक्षमा कामेश्वर कापर, मुखियापट्टी मुसहरमिया गाउँपालिकाको वडा नं. १ मा कौशल यादव र वडा नं. २ मा नरेश यादव विजय भएका हुन् ।

धनुषाको मिथिला बिहारी नगरपालिकामा तीन वडाको मतगणना भइरहँदा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसको मेयरमा ४१५ र उपमेयरमा ३५१ नेकपा एमालेको मेयरमा ३९६ र उपमेयरमा ३८१ मत प्राप्त गरेको छ । यस्तै, नेकपा माओवादी केन्द्रले मेयरमा ८६ र उपमेयरमा ९७ मत ल्याएको छ भने राजपा नेपालले मेयरमा ७४ र उपमेयरमा १०१ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *