पोखरामा प्याराग्लाईडिङ दुर्घटना २ घाइते

पोखरा । सराङकोटबाट उडान गर्ने क्रममा प्याराग्लाईडिङ दुर्घट्ना भएको छ । प्याराग्लाइडिङका पाइलट धर्म गिरी र प्याराग्लाईडिङ उड्र्दैगरेकी काठमाडौँ दरबारमार्गकी सुस्मा शर्मा घाइते भएका छन् । दुर्घटनामा परेका पाइलट गिरिको ढाडमा गम्भीर चोटलागेको छ भने खुट्टा पनि भाँचिएको छ । सुस्माको पनि ढाडमा चोट लागेको छ ।

घाइते मध्ये गिरिको अवस्था गम्भीर रहेको छ । तर, उनी खतरा मुक्त रहेको चिकित्सकले बताएका छन् । उनको उपचार मेट्रोसिटी अस्पतालमा भई रहेको छ । त्यसै गरी सुष्मा शर्मा घाँटी र ढाडमा चोट लागेको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

सोमबार सराङ्कोटमा उड्ने क्रममा हावाको भुमरीमा पर्दा प्याराग्लाइडिङका पाइलट धर्म गिरी र उनीसँगै प्याराग्लाईडिङ गर्दै गरेकी काठमाडौँ दरबारमार्गकी सुस्मा शर्मा घाइते भएका हुन् ।

बुद्ध प्याराग्लाईडिङ कम्पनी अन्तर्गत टेण्डम फ्लाइट गर्दै आएका २५ वर्षीय गिरिले सुस्मालाई उडान गरेका थिए । तर, उडानका लागि ग्राउण्डबाट जम्प गरेलगत्तै हावाको बहावले उनीहरू चौरमा खसेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =