२ नम्बर प्रदेशमा मतगणना सुरु, कांग्रेसले लियो अग्रता
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौं, असोज ३ । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहममा सोमबार भएको चुनावको मतगणना सुरु भएको छ । केही स्थानीय तहमा सोमबार रातिदेखि नै मतगणना सुरु भएको हो ।
केही ठाउँमा भने राति अबेरसम्म मटपेटिका संकलनको काम भएकाले अहिले बिहान सर्वदलीय बैठक बसेर मात्रै मतगणना सुरु गर्ने तयारी छ ।
पछिल्लो मतगणना अनुसार सिरहाको कल्याणपुण नगरपालिका, बाराको बारागढी नगरपालिका, धनुषाको गणेशमान चारनाथ र क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
यस्तै सप्तरीको सप्तकोशी गाउँपालिकामा एमाले अघि रहेको छ भने सिरहाकै लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम अघि रहेको छ ।
महोत्तरीका ९ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । रौतहटका पनि १८ वटा तहमध्ये १२ वटा तहमा मतगणना सुरु भएको छ । सर्लाहीका २० मध्ये केहीमा राति १ बजेदेखि मतगणना सुरु भएको छ ।
पर्साको वीरगंज महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगररमा भने अहिले बिहानदेखि मत गन्ने तयारी छ ।
बाराका १६ वटामध्ये ७ वटामा तहमा भर्खरै मतगणना सुरु भएको छ । सप्तरीको सप्तकोशी गाउँपालिकासहित धेरैजसो तहमा मतगणना सुरु भएको छ । यस्तै सिरहा, वारा र सप्तरीमा पनि राति अबेरदेखि मत गन्न थालिएको छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)