पाेखरामा सिटी रेबान फुड फेस्टिबल सुरु

असाेज २, पोखरा । छैटौँ संस्करणको सिटी रेबान महोत्सव तथा फुड फेस्टिभल सोमबारदेखि सुरु भएको छ । नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा महोत्सव तथा फुड फेस्टिभलको न्याय कानुन तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले उद्घाटन गरे ।

कार्यक्रमको प्रमुख अतिथि थापाले व्यवसायलाई विस्तार गर्नुपर्ने बताउँदै पोखराका सबै क्षेत्र पर्यटकका लागी उपयुक्त रहेको बताए। उनले व्यवसायीलाई अन्तर्राष्ट्रिय गुणस्तरको सेवासुविधा प्रदान गर्न सुझाव दिए।

कार्यक्रममा सिटी रेबानका संस्थापक अध्यक्ष चीरञ्जीवी श्रेष्ठ, पोउवा सङ्घका अध्यक्ष विश्वशंकर पालीखे , नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, वस्तुगत सङ्गठनका तर्फबाट शिव वास्तोला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपीलनाथ कोइराला लगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए।

१ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा व्यावसायिक प्रयोजनका ९५, रेस्टुरेन्टका १०, सामाजिक संघसंस्था र सुरक्षा तथा स्वास्थ्य सम्बन्धी २० गरी १ सय २५ स्टल रहेका छन् ।

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकारको दैनिकरुपमा प्रस्तुति, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेर समूहका गृहिणी एकल नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी र दसैँको अवसरमा खसी, बोका, च्यांग्राको बिक्री वितरण एवं प्रदर्शनी महोत्सवको मुख्य आकर्षण रहेने सचिव जीवन दाहालले बताए ।

करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सवमा ४१ लाख ९५ हजार रुपैयाँ खर्च र ४८ लाख ४० हजार रुपैयाँ आम्दानी गर्ने अनुमान छ । बचत रकमबाट ५ प्रतिशत पर्यटन प्रवद्र्धनका लागि, ५ प्रतिशत दैवी प्रकोपका लागि र ५ प्रतिशत असहाय बालबालिकाका लागि खर्चिने जानकारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =