अछाममा बजार अनुगमनमा तीब्रता, सबैभन्दा बढी ठगी नापतौलमा

अछाम, असोज २ । पछिल्लो समय बजार अनुगमनलाई तिब्रताका साथ अगि बढाईरहेको अछाम प्रशासनले चाडपर्व नजिकिदै गर्दा थप कडाई गरेको छ । जिल्लाका मंगलसेन, साँफेबगर, जयगढ, बिनायक, कमलबजार लगायत क्षेत्रमा पहिलो चरणको अनुगमन सम्पन्न गरेको प्रशासनले पुनः अनुगमन कार्य सञ्चालन गरेको छ ।

जसमा आज मंगलसेन बजार क्षेत्रका सबै ब्यापारिक पसलहरुमा अनुगमन भएको छ । अनुगमनका क्रममा सबैभन्दा बढी बदमासि नापतौलवाट भईरहेको पाईएको छ । अधिकाँश खुद्रा तथा दैनीक उपभोग्य सामग्रि बिक्रि गर्ने ब्यापारिहरुले तराजुको लेवल नमिलाएको र ठगी गरिरहेको पाईएपछि ८ जना ब्यापारिहरुवाट तराजु जफत गरिएको छ । यस्तै मासु पसलहरुवाट समेत तराजु तथा मासु काट्न प्रयोग भएका अवैध मासु काट्ने दाउर जफत गरिएको छ । अनुगमनका क्रममा मंगलसेनमा रहेको एक मासु पसलमा राखिएका सामग्रिहरुमा किरा समेत भेटीएको छ ।

यस्तो गैरजिम्मेवारी कार्य गर्ने ब्यावसायिलाई पत्र काटेर प्रशासनमा हाजिर हुन भनेको छ । यस्तै अनुगमनका क्रममा मिठाई तथा प्याकेटका तयारी खानेकुरा म्याद सकिएको भेटीएपछी जफत गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक वकिल बहादुर सिंहले बताउनुभयो । अधिकाँश मासु पसले तथा होटेल ब्यावसायिहरुले सरसफाई नगरेको पाईएपछी चेतावनी दिईएको र सुध्रिन भनिएको छ ।

कतिपय ब्यापारिहरुले फर्म नै दर्ता नगरि ब्यावसाय सञ्चालन गरिरहेका छन भने दर्ता गरेकाहरुले पनी प्रमाणपत्रहरु र मुल्यसूचि देखीने गरि नटासेकोले ब्यावसाय दर्ता गर्न तथा तत्काल मूल्यसूचि राख्न निर्देशन दिईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =