मैले रोजेको चाहिँ उद्योग मन्त्रालय नै थियो तर….

काठमाडौँ, असोज २ । इतिहासकै जम्बो मन्त्रिपरिषद् बनाएर दोस्रो रेकर्ड तोड्ने प्रधानमन्त्री हुन्,शेरबहादुर देउवा । पहिलो नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई हुन् । आज सोमबार दुई मन्त्रालय (विज्ञान र वन )मा नयाँ राज्यमन्त्री थपिएका छन् । मन्त्री बन्नेहरुमा पशुपति शम्शेर राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिकका विराज विष्ट र कमल शर्मा रहेका छन् । विष्ट पूर्व स्थानीय विकास राज्यमन्त्री भइसकेका व्यक्ति हुन् । सोमबार देउवाले दुवै जनालाई राज्यमन्त्री बनाएपछि भोलि मङ्गलवार न्युयोर्क सभाका लागि उड्दैैछन् भने न्युयोर्कबाट फिर्ता भएपछि थप दुई जनालाई राज्यमन्त्री मन्त्री बनाउँने बताएका छन् । यससँगै देउवा सरकार पूर्ण भइ ५८ सदस्यीय बन्नेछ । यसै सन्दर्भमा रहेर नयाँ विज्ञान राज्यमन्त्री विराष्ट विष्टले आफू यसकारण फेरि दोस्रो पटक देउवा सरकारमा सहभागी भएको बताउँछन् । उनको बोली जस्ताको तस्तै :

समय र परिस्थिति

हिँड्दै जाँदा समय र परिस्थितिले मान्छेलाई कहाँदेखि कहाँ पुर्याउँने रहेछ । कसैले सोच्नै नसकिने रहेछ । अब, मन्त्रीमा बसेर काम गर्ने जति समय छ । त्यो समयअवधिमा जनताको हकहितका लागि काम गर्ने छु । आफ्नो क्षमता देखाउँनेछु । देश र जनताको सेवा गर्नेछु । लामो कालखण्डदेखि राजनीति जीवनमा होमिएर देश र जनताको सेवा गर्दै आएको छु । ०६६ सालदेखि राजनीतिक यात्रा थालनी गरे । भूमिगत, निर्वासन र बन्दी जीवन पनि बिताए ।

इच्छा 

खासमा मेरो रोजाई र क्षमता भएको उद्योगसम्बन्धि थियो । म आफै पनि उद्यमी भएको नाताले मेरो पहिलो रोजाई उद्योग मन्त्रालय थियो । सम्भवतः सपथ ग्रहण आजै हुने कुरा छ । तर,अहिलेसम्म कुन मन्त्रालयको सपथ खानुपर्ने टुंगो लागेको छैन । सायद विज्ञान मन्त्रालय नै मेरो भाग पर्दाेहोला । पार्टीले विज्ञान मन्त्रालय मै बसेर काम गर्ने निर्देशन दियो । ठिकै छ, उद्योग मेरो पहिलो रोजाई भए पनि यसमै खुसी भएर काम गर्छु । आफ्नो छोटो कार्यकालमा निकै काम गरेर जनतालाई देखाउँछु । कुराले हैन कामले गरेर देखाउँनेछु । बाहिर अहिले जे जस्तो सरकार विस्तारसम्बन्धि टिका टिप्पणीहरु चलिरहेका छन् । त्यसलाई समय र परिस्थितिअनुसार सरकार विस्तारह भएको हो भन्न चाहन्छु ।

त्यस्तो योजना छैन
३० वर्षमा २८ वटा सरकार परिवर्तन भए । त्यस अवधिभर राजनीति उथुल पुथल उल्कै भयो । प्रगति केही भएन । अब जनताले नयाँ खालको शासन प्रणाले चाहेका छन् । त्यहीँ अनुरूपको प्रणाली लागू गर्न जरुर छ । अब, यसका लागि जनताले आवाज उठाउनुपर्ने अवस्था आएको छ । खासमा भन्नुपर्दा छोटो अवधिमा त्यस्ता ठूल्ठूला परिवर्तन गर्ने योजना त बनाएको त छैन । तर, आफ्नो बलबुताले भ्याएसम्म काम गर्नेछु । अघि पनि भनिसकेको छु । पार्टीलाई एक ठाउँमा राखेर जनताको हक हितमा बसेर काम गर्नेछु ।

उद्योग रोज्नुको कारण

उद्योग नै रोज्नुको कारण एउटै छ । त्यहाँ गएको भए केही गर्न सक्थेँ कि भन्ने नै हो । माथि पनि भनिसकेको छु । म आफै पनि एउटा असल उद्यमी भएको नाताले यो क्षेत्रको जिम्मेवारी पाएको भए केही गर्न सक्थे कि भन्ने थियो तर विज्ञान मन्त्रालयको जिम्मेवारी पाएको छु । अब केही गरेर देखाउँछु । अब जे जस्तो भए पनि आफ्नो पदभार ग्रहण गरेपछि जनताकै सेवामा काम गर्नेछु । चाहे उद्योग नै किन नपाउँ ? विज्ञानै बसेर छोटो अवधिमा आफ्नो क्षमता प्रदर्शन गर्नेछु ।

कोठा  चाहिँदैन

सरकारतर्फबाट मलाई बस्ने कोठा केही चाहिँदैन । यसको व्यवस्थापन म आफैले गर्न सक्छु । मेरो आफ्नै निवास छ त्यसैले मलाई कुनै कोठाको आवश्यक्ता छैन । अहिले राज्यमन्त्रीहरुको बारेमा पनि यस्ता कुराहरू उठिरहेका छन् । त्यो म जान्दिन । तर, मुख्य कुरा के हो भने तीस वर्षको अवधिमा मुलुकमा के के उपलब्धि भयो भन्ने नै हो । त्यसैले यस्ता कुरामाथि हेर्ने चस्मा फेरिनुपर्छ । समय र परिस्थितिले नै सबै कुराको निक्र्यौल गर्ने रहेछ । त्यसैले अब, प्रदेश र प्रतिनिधिसभाको चुनाव भएपछिको संसद्को सङ्ख्या हेरौँ न त्यसपछि अझ प्रस्ट होइन्छ । अहिले जति संसद् छन्  त्यसको दोब्बर हुने नै छ । त्यसैले यसतर्फ पनि ध्यान दिन सबैले जरुरी छ । त्यसैले मैले अघि पनि पटक पटक भनिसकेको छु, छोटो अवधिमा जनताका लागि उपलब्धिमूलक काम गरेर देखाउँनेछु ।

घरमै बसेर कुरा गरौँ
होला बाहिर सबैले यसो भनिरहँदा विरोध जनाउलान् तर मानिसको अन्र्तमन पनि त बुझनुपर्छ नि । सबै एउटै त हुन्नन् नि । आज दुई जनाले राज्यमन्त्री खाँदै गर्दा यसरी आलोचना गर्नेहरुले यो पनि बुझ्नुपर्छ भोलि प्रदेश सभाको निर्वाचनमा तपाइले पनि भोट हाल्ने हो मैले पनि भोट हाल्ने हो । त्यसपछिको अवस्था पनि हेरौँ न । हत्तेरी ! कमल थापाजीले त्यति बेला के के कारबाही गर्नुभो हामीलाई त्यो बसेर नै कुरा गरौँ । लामो बहस हुन सक्छ । त्यसैले त्यसतर्फ म जान चाहिँन । यो बारेमा घरैमा बसेर नै कुरा गरौँ । यसको लामो इतिहास छ । त्यसैले म त्यसतर्फ जान चाहन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *