सुँगुर जसरी बच्चा जन्माउँने फार्म : एउटा शिशुको मूल्य ५ देखि ६ लाख

तपाईले गाई फार्म, बाख्रा फार्म, सुँगुर फार्म त देख्नु, सुन्नुभएकै छ । तर,के तपाईले मानिसको बच्चा जन्माउने फार्मको बारेमा सुन्नुभएको छ ? सुन्दैमा झसँग होइन्छ । कहीँ मान्छेको बच्चा पनि फार्ममा जन्माइन्छ त ? यो अलि अनौठो तथा अशोभनीय लाग्न सक्छ ।

तर, अफ्रिकी देश नाइजेरियामा भने पछिल्लो समयमा बेबी फार्मिङको धन्दा निकै फस्टाएको छ । केही वर्षयता उक्त मुलुकमा बच्चाको व्यापार निकै तिब्र गतिमा भैरहेको छ । विश्वका विभिन्न देशका निसन्तान दम्पत्तिहरुका लागि नाइजेरिया बच्चा कारखाना भन्दा कम छैन । अस्पताल तथा अनाथालयहरुमा लुकिछिपी बेबी फार्मिंग गर्ने गरिएको छ।

कम उमेरका किशोरीहरुलाई आमा बन्नका लागि बाध्य पार्ने गरिएको छ । त्यसरी बच्चा जन्माउन बाध्य पारिने किशोरीहरुमध्ये अधिकांश अनाथ तथा गरीब हुने गरेका छन् । उनीहरु पैसाका लागि यस्तो गर्न बाध्य छन् । बच्चा उत्पादन गरिदिने किशोरीहरुको उमेर १४ देखि १७ वर्षबीचको हुने गरेको छ। गर्भ रहेसँगै उनीहरु चाहेर पनि गर्भपतन गराउन पाउँदैनन् ।किनकि नाइजेरियाको कानूनमा यो उमेरका किशोरीको गर्भपतन गैरकानूनी मानिन्छ । कानूनको यहीँ कमजोरीको फाइदा बच्चा माफियाहरुले उठाउने गरेका छन् । र, ती किशोरीहरुबाट जन्मिएका बच्चालाई ५÷६ लाख रुपैयाँसम्ममा बेच्ने गरेको भारतीय पत्रिका भास्करले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *