हाइटेन्सन लाइन चुडिदा करेन्टलागेर पर्वतको चित्रेमा १३ घाइते

पोखरा । नेपाल विद्युत् प्राधिकरणको ११ केभिएको हाइटेन्सन लाइन चुँडिएर करेन्ट लाग्दा पर्वतको मोदी गाउँपालिका ८ चित्रेमा दुई स्कूले बालिकासहित १३ जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको छ । आइतबार दिउँसो ४ बजे विद्युत् प्रवाह भइरहेको लाइन चुँडिएर घरमा वितरण गरिएको लाइनमा करेण्ट प्रवाह हुँदा १३ जना घाइते भएका हुन् ।

हाइटेन्सन लाइन चुँडिएपछि घाइते भएकाहरु मध्ये स्कुलबाट घर फर्कँदै गरेका १२ वर्षीया आरती परियार र सन्तोषी विकको हात करेण्टले जलेको र शरीरको अन्य भागमा समेत करेण्ट लागेको स्थानीय पञ्चकोशी आधारभूत विद्यालयका प्रधानाध्यापक मधुसुधन अधिकारीले जानकारी दिए ।

उनीहरूको उपचार पोखरा मनिपाल हस्पिटलमा भइरहेको छ। चिकित्सकले उनीहरूको अवस्था गम्भीर रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *