तनहुँको भिमादमा स्वास्थ्य शिविर सम्पन्न

पोखरा । लायन्स क्लब अफ अफ पोखरा सेती गण्डकीको आयोजनामा तँनहुको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी जनचेतना तथा परीक्षण,हाडजोर्नी तथा नशारोग, फिजिसीयन सेवा, प्रसुती सेवा, मानसिक रोग, छाला तथा यौनरोग र बालरोग लगायत ल्याब परीक्षण सेवा समेत संञ्चालनगरिएको संयोजक शान्ति उदासले जानकारी दिइन् ।

शिविरमा विभिन्न रोगका ४ सय १९ बिरामीको स्वाथ्यपरिक्षण गरिएको थियो। शिविरबाट भिमाद नगरपालिका, म्याग्दे ,रिसीङ्ग र घिरीङ्ग गाँउपालिका जनताले सेवा लिएका थिए । स्वास्थ्य शिविर कार्यक्रम पछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्टिक ३२५ बी १ नेपालका कोचिफ एडभाइजर विशेश्वर आचार्यले रोग लागेर अस्पताल धाउनु भन्दा रोग लाग्नबाट बच्नु पर्ने पताए । उनले निरोगी बन्नकोलागि वातावरण सफाराख्न र समय समयमा स्वास्थ्य परीक्षण गर्न आग्रह गरे ।

भिमाद नगरपालिका उपप्रमुख शारदा खनालले लायन्सले स्वास्थ्य शिविरको आयोजना गरेर गरिब तथा ग्रामीण भेगका जनतालाई ठुलो सहयोग पु¥याएको बताए । कार्यक्रममा लायन्स डिष्ट्रिकका स्वास्थ्य शिविर प्रमुख सिताराम लुईटेल, कास्की मोडल हस्पिटलका मेडिकल डाइरेक्टर डा.लुमेश्वर आचार्य, भिमाद नगरपालिका वडा ६ का अध्यक्ष श्याम सुन्दर जोशी ,कार्यक्रम संयोजक शान्ति उदास  लगायतले बोलेका थिए ।

लायन्स क्लब अफ भिमाद  र भिमाद नगरपालिका वडा नम्बर ६ को सह आयोजना भएको कार्यक्रममा प्रविधिक सहयोग कास्की मोडल हस्पिटलले गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *