ज्याकेट हल्लाउँने गोपाल खड्कालाई अठ्याउँन सकिएन,मन्त्री मण्डल खुट्टा कमाउँदै !

काठमाडौँ, असोज १ । नेपाल आयल निगमको चार ठाउँमा जग्गा खरिद गर्दा अनियमितता गर्ने प्रमुख गोपाल खड्का खुल्लामखुल्ला ज्याकेट हल्लाएर हिँडिरहेका छन् । उनलाई भन्दा ज्यादा माथिल्लो तहका व्यक्तिहरूलाई डर र अशान्ति छ । जसले एक लाखभन्दा कम मूल्य पर्ने जग्गा १५ लाखमा खरिद गर्न अह्राए । त्यसपछि अहिले सबैको आँखा आपूर्ति मन्त्री शिवकुमार मण्डलतिरै छ । तर, उनले खड्कालाई झारफुक गर्न सकेका छैनन् । उनलाई आफूभन्दा उच्च ओहोदाका व्यक्तिहरूले धारे हात देखाइरहेका छन् । यसरी उनी अलमलको चंगुलमा फस्दा सरकारलाई तिनै राजनीतिक दलका भातृ संगठनहरुले भ्रष्टचारी खड्कालाई निलम्बन गर्न माग पत्र बुझाइरहेका छन् । तर, त्यसले कुनै लछारपाटो लगाउने देखिँदैन ।

आज आइतबार सत्ता साझेदार नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन योग कम्युनिस्ट लिग ‘वाईसियल’ले निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई तत्काल निलम्वन गरी कार्वाही प्रक्रिया अघि बढाउन सरकारलाई मागपत्र बुझाएको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डललाई ज्ञापन पत्र बुझाउँदै भ्रष्टाचारको विवादमा तानिएका निगमका कार्यकारी निर्देशक खड्कालाई निलम्बन गरी तत्काल कार्वाही प्रक्रिया अघि बढाउन माग गरेको हो । केही दिनअघि कारबाहीका लागि निर्देशन दिएको फाइल कता हरायो त्यसको अत्तोपत्तो केही थाहा भएको छैन ।

भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहँदै आएका निर्देशक खड्का र जग्गा खरिद गर्दा संलग्न माथिल्लो र तल्लो दर्जाका सबै जनालाई निलम्बन गरी कार्वाही प्रक्रिया अघि बढाउन भन्दै वाईसियलका अध्यक्ष रामप्रसाद सापकोटाले आक्रोश व्यक्त गरे । ‘वाईसियलले आयम निगमका कार्यकारी निर्देशक खड्काले मनपरी ढङ्गले आर्थिक अनियमितता गर्दा पनि सरकारले कार्वाही प्रक्रिया अघि बढाउन सकेको छैन । आपूर्ति मन्त्रालयले दोषीमाथि कडा कार्वाही हुने भनेको खै ? अहिलेसम्म केही देखिएको छैन । सरकारले दोषीलाई उम्काउन त खोजेको छैन ।’उनको आशंका थियो ।

कारबाही हुन्छ ।

यता, आपूर्ति मन्त्री मण्डलले कारबाहीका लागि सिफारिस फाइल प्रधानमन्त्री कार्यलयमा पठाइसकेको बताउँछन् । ‘जो कोही होस् कार्वाहीको दायरमा ल्याइन्छ ।’ भनेर पटक पटक विभिन्न कार्यक्रममा उफ्रिने गरे पनि उनी फेल भएका छन् । दसैँको मुखमा दरबारमार्गका व्यपारीलाई तर्साउन सम्म तर्साउने मण्डल खड्कासँग खुट्टा कमाइरहेका छन् । निगममा गएर किन शिलबन्दी गर्न सक्दैनन् ? सबैको चासो यही हो । बन्द,हड्ताल तथा नाकाबन्दी हुँदा ९० दिन पुग्ने पेट्रोलियम पदार्थको भण्डारणका लागि जग्गा खरिद गर्दा ठुलो आर्थिक चलखेल भएपछि संसदीय समितिहरूले पनि निष्कर्ष निकालिसकेसँगै मन्त्री मण्डल कारबाहीका लागि झनै जोसिएका थिए । तर, मण्डलले द्वोषीलाई कारबाहीको दायरामा ल्याउन निराश नभएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *