महानिर्देशक शर्मालाई थुनामा राख्न सात दिन म्याद थप
२०७४ जेठ १५ गते

काठमाडौं : आन्तरिक राजवस्व विभागका महानिर्देशक चुडामणि शर्मा थप सात दिन थुनामा पर्ने भएका छन् । विशेष अदालतले उनलाई थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको हो ।

भ्रष्टाचारको आरोपमा पक्राउ परेका निलम्बित महानिर्देशक शर्मालाई अख्तियारले म्याद थपका लागि विशेष अदालत लगिएको थियो ।
शर्मालाई कर फछ्र्यौट आयोग मार्फत कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले पक्राउ गरेको हो । अख्तियारले शर्मालाई शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाट पक्राउ गरेको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








