जनसम्पर्क समिति बेलायतको सभापतिमा गुरुङ निर्वाचित

लन्डन– नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ निर्वाचित भएका छन् । शनिवार लन्डनको हन्सोस्थित इम्पायर हलमा भएको अधिवेशनले आगामी तीन वर्षका लागि गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपसभापति ५ जना चयन भएका छन् । जसमा सुवास पोख्रेल, युवराज सिंह, कोपिला सुब्बा, तर्कजंग गुरुङ, सूर्य नेम्वाङ्ग र आलेख चौहान रहेका छन् । त्यस्तै, महामन्त्रीमा प्रवेश केसी तथा कोषाध्यक्षमा नर्वु शेर्पालाई चयन गरिएको छ ।

समितिको सहमहामन्त्री रोमियन लिम्बु, रितेश पाण्डे, उपेन्द्र पौडेल र राज सिटौला चयन भएका छन् । कार्यसमितिका सदस्यहरूमा शान्ति लिम्बु, इन्द्रहांग लिम्बु, लालकुमार सुब्बा, सन्तोष गुरुङ, केशव गुरुङ, सञ्जय पन्त, इसा ताम्राकार, विकास सापकोटा, शङ्कर श्रेष्ठ, भेष गुरुङ, शशी गुरुङ र इन्द्रमान गुरुङ रहेका छन् ।

अधिवेशनको दोस्रोसत्रमा विधान समितिका संयोजक शीवजी श्रेष्ठले विद्यान संशोधन प्रस्ताव पेस गरेका थिए ।

अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउद तथा बेलायत स्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको विशेष आतिथ्यतामा भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, सांसद बहादुरसिंह थापालगायतको उपस्थिति रहेको थियो ।

नेतृ कोपिला सुब्बाले सञ्चालन गरेको कार्यक्रममा जनसम्पर्क समितिका नेता युवराज गुरुङ, एनआरएन यूरोप संयोजक कुल आचार्य, एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठी, सहमहासचिव विनय अधिकारी, आइसीसीद्वय सदस्य जय प्रकाश गुरुङ, कुमारी गुरुङको समेत उपस्थिति रहेको थियो । भने, पूर्वअध्यक्ष योगेन क्षेत्री, नेताहरू विश्वआदर्श पण्डित, विज्ञान प्रसाईं, शिवजी श्रेष्ठ, राजेन्द्र पुडासैनी, ज्ञाम गुरुङ, केशबहादुर गुरुङ, शेर सुनार, डा. सम्पूर्णानन्द ढुंगाना, चेतनाथ खनाल, विनोद मोक्तान लगायतले शुभकामना दिएका थिए ।

विगत लामो समयदेखि आन्तरिक विवादमा अल्झिएको जनसम्पर्क समिति अधिवेशन पश्चात् एकताबद्ध भएको छ । सुरेन्द्रराज पाण्डेको प्रतिनिधत्वमा जनसम्पर्क समितिको अधिवेशन भब्य रुपमा सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *