भोलि हुने स्थानीय चुनावमा परिचय पत्र नभएपनि मतदान गर्न पाइने

असोज १, काठमाडौँ । प्रदेश नम्बर २ मा भोलि हुने स्थानीय चुनावमा मतदाता परिचय पत्र नभएपनि मतदान गर्न पाइने भएको छ । आयोगका अनुसार नागरिकता, राहदानी वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइनेछ । साथै जग्गाधनी प्रमाणपत्र, सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रका आधारमा मतदान गर्न पाइनेछ ।

तर, यसका लागि फोटो सहितको मतदाता नामावलीमा नाम भने हुनु पर्नेछ । साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मान्ने र नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन निर्देशन दिइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *