छवि जी सँग जग्गेमा बस्न मात्र बाँकी छ

निर्माता छविराज ओझा निकै भाग्यमानी रहेछन् । फागुन ४ गते सबै हलहरुमा ‘मंगलम’ लाग्दैछ भने ‘मंगलम’ अघि नै मंगलमकी नायिका शिल्पा पोखरेललाई चौथो पत्नीका रुपमा भित्र्याउँदै छन् । नायिका पोखरेलका अनुसार सायद यहीँ ‘तिहार लगत्तै विवाह बन्धनमा बाँधिदैछौँ ।’उनै नायिका शिल्पासँग गरिएको कुराकानी ।

निकै व्यस्त देखिनुहुन्छ नि आजभोलि ?
हो, यतिखेर चलचित्रको काममा नै बढी व्यस्त छु । कतै सुटिङको काम भइरहेको छ । तर,म भने चलचित्र रिलिज गराउने काममा नै जुटिरहेको छु ।
आजभोलि कुन–कुन चलचित्रहरुमा काम गर्दैै हुनुहुन्छ ? 
चलचित्र बिरगंनाको छायांकन भइरहेको छ । अरु चलचित्र र म्युजिक भिडियोहरुको काम पनि भइरहेको छ ।

पहिलो चलचित्र लज्जादेखि मगंलम्सम्म आइपुग्दा आफ्नो अभिनयलाई कसरी मूल्याङकन गर्नुभएको छ ?             

धैरै कुराहरु बुझ्दै छु । अभिनयमा सुधार गर्दै छु । कन्फिडेन्ट लेभल बढेको छ । आफ्नो कामप्रति विश्वास बढ्दै छ । सबैभन्दा ठूलो कुरा म कलाकार बन्दै छु ।

धैरै नयाँ पुरानो नायकसगँ काम गर्नुभयो, तपाईंलाई कोसँग काम गर्दा सहज लाग्छ ? 
सबैसँग काम गर्दा सहज नै हुन्छ । असजिलो खासै मैले महसुस गरेको छैन ।

धैरै निर्माता -निर्देशकहरु चाडपर्वको समय पारेर चलचित्रहरु रिलिज गर्ने सोच बनाउँछन् किन ?
चाडपर्वमा धैरै दर्शकहरुलाई फुसर्द हुन्छ । त्यही मौकामा रमाइलो गरौं भन्ने सोच धैरैले बनाउने भएकोले होला यही बेला धेरैले चलचित्र रिलिज गर्न चाहन्छन् ।

खासमा तपाईको फिल्मी क्षेत्रको यात्रा कसरी तय भयो ?
यो क्षेत्रमा आउने संयोग नै मान्नुपर्छ । टेलिसिरियल ‘घरबेटी’ बा साथै म्युजिक भिडियोमा काम गरिसकेपछि चलचित्रमा खेल्न धैर साथीहरुले भनिरहनुभएको थियो । यसै बीचमा चलचित्र लज्जाको अडिसन भइरहेको छ । अडिसन देऊ भनेर यसै क्षेत्रका दाइहरुले भन्नुभयो । अडिसन दिए, पास भएँ । त्यहीबाट फिल्मी यात्रा सुरु भयो ।

तपाईंले थुप्रै चलचित्रहरुमा काम गरिसक्नु भयो, आफू अभिनित कुन चलचित्र उत्कृष्ट लाग्छ ?
सबै चलचित्रहरुमा मन परेर नै गरेको हो ।  तर पनि लज्जा चलचित्र मलाई साह्रै नै मन परेको चलचित्र हो । जुन सुपरहिट पनि भएको थियो ।

तपार्इंले छविराज ओझासँग बिवाह गर्ने सुरसार गरेको धैरै भयो, होइन ? 
कुरा सबै मिलिसक्यो । अब जग्गेमा बस्न मात्र बाँकी छ ।

तपाईंले छविजीको त्यस्तो के छवि देख्नुभयो ? जसकारण तपाई घरजम गर्न तयार हुनुभयो ? 
मलाई छबिजी मनपर्छ । कामको हिसाबले । व्यक्तित्वको हिसाबले पनि उहाँ मलाई मन पर्छ ।

तर यति बुझने हुँदाहुँदै पनि उहाँको विगतको घरजमहरु त टिक्न सकेन नि ?
दुवै आगो भएपछि दुवैलाई पोल्छ । एउटा पानी भयो भने शितल हुन्छ । दुईजना आगो भएर पनि विगतमा उहाँको सम्बन्ध नटिकेको हुनसक्छ । तर, हामीबीच त्यस्तो हुने छैन । म अहम् नै पलाउन दिन्नँ ।

तपाईंहरुको उमेर ग्याप त धेरै छ नि ? 
उमेरले के गर्छ र ? माया भए पुग्छ ।

तपार्इंको जीवनमा छबिजी नआउनु भएको भए ?
सायद अधुरो हुन्थे होला कि ? -दृष्टिबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *