एभरेष्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक
२०७४ जेठ १५ गते

मङ्सिर १४, काठमाडौँ । सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको छ । खेल तालिका अनुसार आगामी पुस ३ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिविको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ किंग्स इलेभेन र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँको किंग्स इलेभेन, ललितपुरको पाट्रिओट्स, विराटनगरको वारियर्स, भैरहवाको ग्लाडिएटर, पोखराको राइनोज र चितवनको टाइगर्स टोली सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेता टोलीले रु २१ लाख प्राप्त गर्नेछन्, जुन नेपाली क्रिकेटको इतिहासमा सर्वाधिक पुरस्कार राशि हो । यस अघि प्रधानमन्त्री कपको विजेताले रु २० लाख पुरस्कार पाएको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








