६६ सय २७ जनप्रतिनिधि चुनिँदै : ६ गुणा बढी उम्मेदवार मैदानमा

काठमाडौं, असोज १ । प्रदेश नम्बर २ को स्थानीय तहमा ६ हजार ६ सय २७ पदका लागि सोमबार निर्वाचन हुँदैछ ।  निर्वाचनमा ३७ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा छन् ।  तीमन्ध्ये १४ हजार ३७५ महिला छन् ।

आवश्यक पदभन्दा ६ गुणा बढी उम्मेदवार मैदानमा छन् । आठ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि विभिन्न राजनीतिक दल र कतिपय स्थानमा स्वतन्त्र ब्यक्तिले उम्मेदवारी दिएका छन् ।

तीमध्ये एकजना महिला सदस्य र ७ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आयेगको तथ्यांकअनुसार नरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष पदका लागि १ हजार ७ सय पुरुषको उम्मेदवारी परेको छ ।
त्यसैगरी प्रमुख र अध्यक्ष पदमा ६१ महिलाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =