तामाङ समुदायले आज सोनाम ल्होसार पर्व मनाउँदै, सरकारद्धारा सार्वजनिक बिदा

काठमाडौं, माघ ४ । तामाङ समुदायले आज सोनाम ल्होसार पर्व अर्थात् नयाँ वर्ष मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश गरेको छ ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने परम्परा रहेको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक मानिन्छ । यसअवसरमा टुँडिखेलमा विशेष कार्यक्रम गरिँदैछ । सोनाम ल्होसार महोत्सवमा तामाङ खाना, वेशभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने जनाइएको छ । साथै सोनाम ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =