मृतक कमला भट्टराई : जस्ले १८ बर्ष अरुको ज्यान बचाए

ओम हस्पिटलमा कमला भट्टराईको मृत्यु कसरी भयो ? अझैसम्म यकिन कुरा बाहिर आएको छैन । स्वास्थ्य मन्त्रालयबाट गठित संयोजक विनोदमान श्रेष्ठ नेतृत्वको समितिको टोलीले छानविन कार्य गरिरहेको छ । समितिका सदस्य डा.विकास देवकोटाले सोमबारसम्म द्वोषी पत्ता लगाउने बताएका छन् । तीन दिन बाँकी छ, द्वोषी को रहेछ ? भन्ने थाहा पाउन । एक साताअघि ओम हस्पिटलमा नाकको कुरकुरे हड्डी सोझ्याउँदा अकालमै ज्यान गुमाएका कमला भट्टराई आफै एक अनुभवी र दक्ष नर्स पनि हुन् । १८ बर्ष अ.हे.ब पदमा रहेर उनी दलित तथा गरिब बस्ती र मधेसका पिछडिएका बस्तिहरुमा पुगेर बिरामीहरुको सेवामा अहोरात्र खटिए । १८ बर्ष अरुको ज्यान बचाउने कमलाले अस्पतालको लापार्बाहीका कारण अकालमै ज्यान गुमाउनुपर्यो । मृतक आफन्तजन त्यहीँ समितिको रिपोर्ट पर्खि बसेका छन् भने श्रीमान् बसन्त आफ्नो जीवन संगीनीको पशुपति आर्यघाटमा दाहासंस्कार गरेर हिजो (शुक्रबार) घर फर्किसकेका छन् । अहिले यस धरतीमा कमलाको भौतिक शरीर र सास नरहेपनि उनले गरेका अविस्मरणीय योगदानीको कदर हुने नै छ ।

१८ वर्ष स्वास्थ्य सेवामा
कमला भट्टराई गुल्मी जिल्ला मालिका गाउपालिका वडा न. ४ मा जन्मिनु भएको हो । उहाँले आफ्नो आधा जीवन स्वास्थ्य सेवामा बिताउनु भयो। आफ्नो अध्ययन समाप्ती लगत्तै सरकारी सेवामा प्रवेश गरेकी कमला अ.हे.व पदमा रही करीब १८ वर्ष यही क्षेत्रमा बिताउनु भयो। कहिले पहाडका विकट गाउँहरु, दलित गरीब वस्तिहरु, मधेशका पिछडिएका वस्तिहरुमा समेत सेवा गर्नुभयो। उहाँ रात–दिन, जाडो–गर्मी केही नभनी बिरामीको सेवा गर्न जस्तो सुकै ठाउमा पनि पुग्नुहुन्थ्यो। समझदार सोच भएकी उहाँ बिरामीका जस्ता पिडा पनि बुझ्ने भएकाले बुढाबुढी महिला बालबालिका सबैको आँखामा रातिगेडी हुनुहुन्थ्यो। हाल उनका (मृतकका) दुइ छाेराछाेरी छन्,१५ बर्षीय छोरा र पाँच बर्षीय छोरी  ।

जन्मजातै नाकको हड्डी बांगो

जन्मदै उहाँको नाकको हड्डी अलिकती बांगो थियो र उहाँ पिनासबाट पनि ग्रसित हुनुहुन्थ्यो। जसका कारण उहाँलाई यसको असर सामान्य बेला बेलामा हुने गर्थ्यो। डाक्टरलाई जाच गराउदा सल्यक्रिया गर्नुभयो भने सहज हुने कुरा बताए। उहाँ आफु स्वयम यसै क्षेत्रमा कार्यरत रहेकाले पनि उहाँ सामान्य सल्यक्रिया गर्ने कुरामा सहमत हुनुभयो। उपचारको क्रममा ईएनटि विशेषग्य डा. खोज्दै ॐ अस्पातलमा पुग्नुभयो। डा.राजेन्द्र गुरागाइको टिमले उहाँको शल्यकृया गर्न दुई घण्टा जती लाग्ने कुरा गर्दै कोठामा लग्यो र एक घण्टामै शल्यकृया समाप्त भयो। शल्यकृया पश्चात पोस्ट अपमा स्वस्थ निस्किनु भएकाे उहाँलाई वान्ता हुन थाल्यो, निरन्तर नाकबाट रगत बग्न थाल्यो अनि पिसाब पनि रोकियो। उहाँको स्वास्थ्य झनझन नाजुक बन्दै गयो। उहाँका आफन्त लगायत नर्सहरुले बारम्बार अस्पताल प्रशासनलाई आग्रह गर्दा पनि लामो समयसम्म कुनै डाक्टर आएनन्।

सत प्रतिशत डाक्टरको लापरबाही

डाक्टर आउने समयसम्म बिरामीको स्वास्थ्य निकै गम्भिर बन्छ। उहाँलाई सुधारको निउमा जथाभावी औषधी र ईन्जेक्सन प्रयोग गरिन्छ। जसको असर उहाँको शरीरका सवेदनशिल अङगह्हरु मुटु, मिर्गौला, कलेजो, फोक्सो सबै ड्यामेज हुन पुग्छन। यस्तो घटना हुनुमा सत प्रतिशत नै डाक्टरको लापरबाही रहेको छ। डाक्टरलाई भगवान र अस्पताललाई मन्दिर सम्झिएर अस्पताल आउने बिरामीहरुले यसरी नै अकालमै ज्यान गुमाउनुपरेको छ ।  ॐ अस्पताल धेरै बिरामीहरुको मन्दिर होइन मानव वधशाला जस्तो बनेको छ। पटक पटक यस्ता घटनाहरु घटिरहदा पनि माफि दिने प्रब्रितिले गर्दा कमला जस्ता धेरै बिरामीले आफ्नो ज्यान अकालमा गुमाउनु परेको छ। यसरी अरुको जीवनमाथि खेलवाड गर्ने डाक्टर तथा यस्ता गैरजिम्मेबार अस्पतालहरुलाई बन्द गर्नुपर्छ। सरकार मौन रहेपनि हामी जनताह्हरु पनि यस्तो घटना हुँदा मौन रह्यौ भने भोली हामी जनताहरुले नै यस्तो पिडा भोग्नुपर्छ । तसर्थ यस्तो लापरबाही गर्ने डाक्टरहरुलाई कडाभन्दा कडा करबाही गर्नुपर्छ, उनिहरुको लाईसेन्स पनि खारेज गर्नुपर्छ, सरकार पनि यस्ता घटनाहरु हुँदा मौन बस्नुहुन्न।

                                                                                     शिला अर्याल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *