काँग्रेसका केन्द्रीय नेताहरू लण्डन पुगे

१६ सेप्टेम्बर, लण्डन । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशनमा नेपाली काँग्रेसका केन्द्रीय नेताहरूको सहभागिता हुने भएको छ । आज हुने अधिवेशनमा नेपाली काँग्रेसका केन्द्रीय नेता सुरेन्द्र पाण्डे, एनपी साउद, बहादुर सिंह थापाको सहभागिता हुने भएपछि बेलायतका कांग्रेसीजनमा उत्साह छाएको छ ।

लामो समयपश्चात हुन लागेको यो अधिवेशनले बेलायतका काँग्रेसलाई सङ्गठित र एकबद्ध बनाउन सहयोग पुर्‍याउने विश्वास लिइएको छ । ‘बेलायत जस्तो प्रजातान्त्रिक मुमुकमा नोपली का्रग्रेसका अधिवेशन हुनु भनेको गौरवको कुरा रहेको कांग्रेसीहरुको धारणा छ ।

यो अधिवेशन करिब ९ वर्षपछि हुन लागेको भएकोले पनि बेलायतका रहेका कांग्रेसीहरुमा उत्साह थपिएको हो । बेलायतमा रहेका नेपालीहरूलाई एकताबद्ध गरी प्रजातन्त्र, राष्ट्रियताका विषयमा एकबद्ध बनाउन अधिवेशन फलदायी हुने बताइएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =