तेस्रो चरणको निर्वाचनका लागी सुरु गरेको मतदाता परिचयपत्र आजपनि बितरण

काठमाडौं, भदौ ३१ । निर्वाचन आयोगले तेस्रो चरण अन्तर्गत असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि शुरु गरेको मतदाता परिचयपत्र वितरण आज पनि जारी रहनेछ । हिजो शुरु भएको मतदाता परिचयपत्र वितरण कार्यक्रम भोलि १ गतेसम्म हुने र पर्सी त्यही परिचयपत्रको आधारमा भोट हाल्नुपर्ने छ ।

मतदान असोज २ गते बिहान ७ बजेबाट शुरु हुनेछ । मतपत्रका साथमा आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सही रुपमा मत हाल्ने तरीका पनि सिकाउँदैछ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार भोट हाल्ने तरिका पनि सिकाइने भएकाले सकेसम्म मतदाता आफैंलाई मतदाता परिचयपत्र लिन आउन आग्रह आयोगले गरेको छ ।

प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते चुनाव हुन लागेको हो । तेस्रो चरणको यो निर्वाचनमा २६ लाख ६४ हजार ७ सय ९२ मतदाता रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =