Spell Bee को उपाधि गोल्डेनगेट इन्टरनेशनल कलेजलाई

भाद्र ३०, काठमाडौँ । अङ्ग्रेजी भाषा बोल्न, लेख्नका लागि भाषिक शुद्धता विकास गर्ने उद्देश्यले सञ्चालित Spell Bee को उपाधि गोल्डेनगेट इन्टरनेशनल कलेजले हात पारेको छ । गत विहिबार सम्पन्न फाइनल राउण्डमा बुढानिलकण्ठ स्कुल र ख्वप कलेजलाई पछि पार्दै गोल्डेनगेटले उपाधि हात पारेको हो ।

मलिन मिडिया एण्ड इभेण्टको आयोजनामा कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो Spell Bee को फस्ट रनरअप ख्वपः कलेज भयो भने सेकेण्ड रनरअप बुढानिलकण्ठ स्कूल भएको थियो ।

गत मंगलबार एक कार्यक्रमका विच शिक्षामन्त्री गोपालमान श्रेष्ठले विजयी कलेजलाई नगद पुरस्कार तथा विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरे । विजेता गोल्डेन गेट कलेजले नगद रु एक लाख, फस्ट रनरअप ख्वपः कलेजले ७५ हजार नगर गिफ्ट ह्याम्पर तथा सेकेण्ड रनरअप भएको बुढानिलकण्ठ स्कूलले ५० हजार नगर सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए । फाइनल राउण्डमा राइटपाथ करियर काउन्सिलका प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीले दशजना विद्यार्थीहरुलाई IELTS कक्षाको फुल स्कलरशिप प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शिक्षा मन्त्री गोपालमान श्रेष्ठले Spell Bee कार्यक्रमले विद्यार्थीको पठनपाठनमा समेत सहयोग हुने तथा उनीहरुको अङ्ग्रेजी बोलाईमा शुद्धता ल्याउने बताए । उनले यस्ता टेलिभिजन कार्यक्रमले आम दर्शक, अभिभावकलाई समेत मनोरञ्जनका साथै सन्देश प्रदान गर्ने भएकोले सबैले यस्ता सन्देशमुलक कार्यक्रम निर्माणमा जोड दिनुपर्ने जिकिर गरे ।

कार्यक्रमका अर्का अतिथी उच्च शिक्षालय तथा उच्च माध्यामिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले Spell Bee कार्यक्रमले विद्यार्थीमा रहेको प्रतिभा प्टस्फुटन गर्नुका साथै उनीहरुलाई अङ्ग्रेजी ग्रामरको ज्ञान दिन सफल भएको बताए । उनले कार्यक्रमको निरन्तरताको शुभकामना ब्यक्त गरे । भने, कृषि विकास बैंकका कार्यकारी महानिर्देशक दिलिप सिं थापाले Spell Bee ले विद्यार्थीलाई मात्र नभई अभिभावक र टेलिभिजन हेर्ने दर्शकलाई समेत ज्ञान दिएको जिकिर गरे ।

अवार्ड वितरण समारोहमा नेपाल शैक्षिक परामर्श संघका उपाध्यक्ष विष्णुहरी पाण्डे, नेपाल टेलिकमका उप–महाप्रबन्धक गणेश चौधरी, कोलगेट पामोलिभ लिमिटेड नेपालका कन्ट्री मेनेजर मदन रौनियार, जेएसएस ग्रुपका म्यानेजिङ डाइरेक्टर मोहन बंशल, Spell Bee कार्यक्रमका सञ्चालक सञ्चारकर्मी भूषण दाहाल, हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्मा लगायत शिक्षा क्षेत्रका विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

चैत्र ३ गतेबाट प्रसारणमा आएको Spell Bee मा देशका विभिन्न १४ ओटा सहरबाट ७ सय १९ ओटा कलेजहरुले सहभागिता जनाएका थिए । आयोजक मलिन मिडियाका प्रमुख कार्यकारी अधिकृत महेश पोखरेलले पहिलो सिजनमा विद्यार्थी र कलेजहरुको सहभागिता र कार्यक्रमको टिआरपीले आफुहरुलाई दोस्रो सिजन अझ भब्य र उत्कृष्ठ बनाउन प्रेरणा मिलेको बताए ।

Spell Bee कार्यक्रमको मुख्य प्रायोजकमा नेपाल टेलिकम रहेको छ भने, प्रायोजकहरुमा कोलगेट, लिएगो स्टाइलिष्ट मोबाइल, कृषि विकास बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, डिएभी सुशील केडिया विश्वभारती कलेज, राईट पाथ करियर काउन्सेलिङ, ओली एण्ड एशोसिएटस्, ब्रिज ब्लु नेपाल, ग्रेस इन्टरनेशनल कन्सल्टेन्सी, श्रीनाथ कलेक्सन, पोखरा नुडल्स, नेपालय कलेज रहेका छन् ।

यसै गरी अन्य स्पोन्सरहरुमा गोल्डेनगेट इन्टरनेशनल कलेज, कंगारु एजुकेशन, बाबा एजुकेशन, मेट्स एजुकेशन, के एण्ड के ग्रुप, NEA स्कुल, CCMA, लिंकन कलेज, प्राइम सिए, रिलायन्स इन्टरनेशनल कलेज, ग्रामर पब्लिक स्कुल, पेप्सी, हिमाल स्टिल, Trend Setters रहेका थिए । कार्यक्रमको एप पार्टनरमा हाम्रो पात्रो रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *