भक्तपुरमा दसैँ मेला सुरु

“
भदाै ३०, भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित मैदानामा शुक्रवारबाट दसैँ मेला सुरु भएको छ । दसै तिहारजस्ता चाडपर्वको अवसर पारेर मेला आयोजना गरिएको हो । मेलामा भक्तपुरको चर्चित दही जुजु धौ लगायतका स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको मेला आयोजक समितिका संयोजक रोजिन मिश्रले जानकारी दिए ।
आगामी असोज ५ गतेसम्म चल्ने मेलामा दैनिक उपभोग्य सामग्री देखि लिएर कपडा, विद्युतीय सामग्री र खानाको समेत स्टल राखिएको छ । मेलामा स्थानीय संस्कृति झल्कने खालका सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुनेछ । चन्द्र सूर्य इभेन्ट प्रा. लिद्धारा आयोजित मेलामा भक्तपुरमा निर्माण गरिएका माटाका भाडाहरुको पनि स्टल राखिएको छ । मेलामा विद्यार्थीको लागी प्रवेश शुल्क ३० र अन्य सर्वसाधारणको लागि ५० रुपैँया तोकिएको छ ।
जेष्ठ नागरिक र पाँच वर्ष मुनिको हकमा भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेला आयोजक समितिले जनाएको छ । मेलामा करिब ५ लाखले अवलोकन गर्ने र २५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । मेलाको उदघाटन गर्दै विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोराले मेलाले भक्तपुरको समग्र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
“








