चीनको चेतावनी– भारतीय सीमामा थप सैनिक पठाउँछौं

काठमाडौं, साउन १० । चीनले भारतसँगको विवादास्पद सीमाक्षेत्रमा थप सैनिक पठाउने चेतावनी दिएको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु च्यानले सोमबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले विवाद परेको क्षेत्रमा थप चिनियाँ सैनिक पठाउने स्पष्ट पारेका हुन् । तर कति संख्यामा पठाउने भन्ने बारे उनले केही बताएनन् ।

चीन, भारत  र भुटानको सीमा क्षेत्र दोक्लममा दुवै पक्षबीच बढेको आन्तरिक द्वन्द्वपछि चीनले यस्तो चेतावनी दिएको हो । यसअघि चीनको बारेमा अफबाह नफैलाउन पनि भारतले चेतावनी दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =