निगमका मालिक गोपाल खड्कालाई कुर्सीबाट निकाल्न आदेश

काठमाडौँ, भदौँ ३० । नेपाल आयल निगमका प्रमुख खड्कालाई कारबाहीका लागि पत्रचार गरिएको फाइल अहिलेसम्म भेटिएको छैन । आपूर्ति मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयतर्फ पठाइएको फाइल मुख्य सचिवको टेबुलमै हराएको बताइन्छ । फाइल जता हराएपनि यता संसद्को सुशासन तथा अनुगमन समितिले प्रमुख खड्कालाई पदबाट निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ ।

अनुगम समितिले निगमका निर्देशक खड्कालाई तत्काल पदबाट बर्हिगमन गराउँन आदेश दिएपनि त्यसले कुनै लछारपाटो लगाएको छैन । उनी दिनभर आफ्नो कुर्सीमा बसेर संस्था हाँकिहरका छन् । तर, समितिले करोडौँ भ्रष्टचार गरेर कुर्सीमा रजाइँ गर्न नदिने भन्दै आजै आपूर्ति मन्त्रालयलाई निलम्बनका लागि पत्रचार गरिएको समितिका सचिव मुरारी महतले बताएका छन् । ‘सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्र पठाएर छानबिन प्रक्रिया टुंगो नभएसम्म प्रमुख खड्कालाई आएर कुर्सीमा बस्न नदिन निर्देशन दिएका छौँ । नेपाली जनताको रगत चुस्न पल्केका भ्रष्टचारीलाई पदबाट बर्हिगमन हुनुपर्छ ।’सचिव महतले भने ।

देशमा बन्द हड्ताल तथा नाकाबन्दी भए पनि सजिलै तीन महिने पुग्ने सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारणका लागि निगमले चार ठाउँमा निगमले जग्गा खरिद गर्दा अनियमिता भएसँगै संसदले विभिन्न समिति बनाएर छानबिन थालनी गरेको थियो । यससँगै आज आपूर्ति मन्त्रालयकै छानबिनले अनियमितता भएको ठहर गर्दै खड्कालाई कारबाही गर्न सिफारिस गरेको हो । यसरी ९० दिनसम्म पुग्ने पेट्रोलियम पदार्थका लागि चितवन, सर्लाही, रुपन्देही र झापामा जग्गा खरिद गर्दा निगमले चार गुणा रकम तिरेको देखाएको थियो । दुई देखि पाँच लाख पर्ने जग्गालाई बिचौलियासँग मिलेर निगमले १३ देखि १५ लाखमा जग्गा खरिद गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *