‘मिस पूर्वाञ्चल’ को मिस पर्सनालिटी राउण्ड सम्पन्न 

भदाै ३०, धरान । सुनसरीको धरानमा आयोजना भइरहेको मिस पुर्वान्चल २०१७ को सब टाईटल चिज स्टिक मिस पर्सनालिटीको चयन गर्नका लागि बराह जेव्लरी स्थित बराह किचनमा मिस पर्सनालिटी राउण्ड समपन्न भएको छ ।

मिस पर्सनालिटी सँगै इडन एकेडेमी मिस इन्टलेक्चुअलको समेत छनौट गरिएको कार्यकर्ममा यु एन कलेजका प्राध्यापक तथा होटेल म्यानेजमेन्ट कोअर्डीनेटर गगन श्रेष्ठ, बराह जेव्लरीका प्रशासकीय अधिकृत गङ्गा कालिकोटे, इडन एकेडेमीका निर्देशक तथा संचारकर्मी सुरेश राई, सिजी ब्रुअरीका एरिया म्यानेजर खेम कुइंकेल, गजुरमुखी ट्रेड एण्ड सप्ल्यार्सका सीईओ गोपाल आचार्य, धरान इन्टरनेसनल कलेज अफ होटेल म्यानेजमेन्टका सीईओ लोकेन्द्र श्रेष्ठ र मिस पुर्वान्चल २०१७ फर्स्ट रनर अप इक्सा मादेन निर्णायक रहेको उक्त छनौट कार्यकर्ममा निर्णायकहरुले प्रतियोगीहरुको टेबल म्यानर, बोलीचाली, भेषभुषा, प्रश्न उत्तरको शैली, आउट नलेजबाट मिस पर्सनालिटी र मिस इन्टलेक्चुअल को छनौट गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।

यस्तै बराह जेव्लरीद्वारा निर्माण गरिएको गहना लगाएर प्रतियोगीहरुको अफिसियल फोटोग्राफर नरेन कुलुंगद्वारा फोटोसुट समेत गरिएको थियो । फोटोसुट गरिएको फोटोहरूको लाइक तथा निर्णायकहरुको मतको आधारमा बराह मिस जेव्लरी फाइनल कार्यकर्ममा घोषणा गरिनेछ ।

१९ जना प्रतियोगीहरुले प्रस्तुति पछि बराह जेव्लरी तथा कम्प्लेक्सको भ्रमण गरेका थिए । भने, बराहमा सञ्चालित कृपा १६ डी थियटरमा १६ डी फिल्म हेरेर आनन्द समेत लिएका थिए । सम्पूर्ण प्रतियोगीहरुलाई बराहका प्रसाशकिय अधिकृत गङ्गा कालिकोटेले स्वागत गर्दै शुभकामना दिँदै मिस पुर्वान्चलमा सहभागी भएर भविष्यमा आफूलाई अझ अगाडी बढ्ने प्रेरणा आफूमा ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 18 =