बसन्त घर फर्किएः अस्पतालको लास माथि वार्गेनिङ

काठमाडौँ, भदौँ ३० । ओम हस्पिटलमा नाकको कुरकुरे हाडे सोझ्याउँदा मृतक घोषणा गरिएकी कमला भट्टराईको हिजो पशुपतिमा आर्यघाटमा दाहासंस्कार गरियो । तर, अस्पतालले पीडित पक्षसँग गरिएका तीन बुँदे माग पूरा गर्नुभन्दा पनि कमलाको शवको मोलमोलाई गरेर घटनालाई सल्टाउन खोजेका थिए । तर, पीडित पक्षले चर्काे विरोध गरेपछि अस्पताल अधिकारीहरु चुप लागेका थिए ।

हाल मृतक कमला भट्टराईका श्रीमान् बुटवल घर फर्किसकेका छन् । आफ्ना दुई बालबच्चाहरुलाई छाडेर उनी श्रीमतीको नाकको उपचार गर्न काठमाडौँ आएका थिए । साता दिनअघि बुटवलबाट श्रीमतीसँग कुराकानी र हँसिमजाक गर्दै काठमाडौं आएका उनी आज रुदै बुटवल फर्किए। भट्टराईकाे घरमा रुवाबासी भइरहेको छ । १५ बर्षीय छोरा र पाँच बर्षीय दुबै छोराछोरीको हालत उस्तै छ ।

हिजो पशुपति आर्यघाटमा मृतक श्रीमतीको दाहासंस्कार गरेर उनी रुँदै आज आफ्नो घर फर्किएका छन् । ‘मेरो श्रीमतीलाई जीउँदै अस्पतालले मार्यो । मेडिकल भूमाफियाहरुले गर्न सम्म गरे । तीन दिनसम्म प्रहरी प्रशासन लगाएर हाम्रो तैनाथ गर्‍यो ।’ फोन सम्पर्कमा उनले भने,‘मेडिकल माफियाहरुसँग झगडा गरेर छोराछोरीलाई भोकै मार्न सकिँदैन । अस्पतालले मेरी श्रीमतीलाई त मार्यो मार्यो उनीहरूलाई (छोरा छोरी) मार्न चाहान्न । त्यसैले गाउँ फर्किए । उपचार खर्च पाँच लाख लाग्यो न बिरामी सद्धे बनायो । अस्पतालले क्षतिपूर्ति दिनुको सट्टा उल्टै शवको बार्गेनिङ गर्न खोज्यो । यो कतिसम्मको जायज कुरा हो ।’

बुधवार अस्पताल र पीडित पक्षबीच भएको तीन बुँदे सहमतिमा अहिलेसम्म कुनै सम्बोधन हुन सकेको छैन । अस्पतालले शवको मूल्य तिरेर यो घटना सल्टाउन खोजिरहेका छन् । तर, मृतक कमलाका श्रीमान् बाहेक पीडित पक्षले मानेका छैनन् । उता, स्वास्थ्य मन्त्रालबाट गठित समितिका संयोजक विनोदमान श्रेष्ठको टोलीले छानबिन गरिरहेको छ । तर निष्कर्ष निकाल्न बाँकी नै रहेको टोलीका सदस्य डा. विकास देवकोटाले जानकारी गराए । ‘अाेम अस्पतालमा पछिल्लो समय हरेक महिना केहिनकेही घटना घटिरहेकाे छ । चिकित्सकको चरम लापरवाहीले यसरी दिन दहाडै विरामी मार्ने काम भईरहँदा प्रशासन भने मौन बसेको छ । केहि मेडिकल माफियाहरु घटनालाई गुपचुप गराउन हात धोएर लागि परेका छन् ।

 निचोड निकाल्दै  टोलीले 

हिजो हस्पिटलको स्थलगत अनुगमन गरेर आज संयोजक श्रेष्ठको टोलीले घटना विवरणकाे अध्ययन गरिरहेकाे छ । ‘हामीले हिजो आइसियु, अपरेसन थिएटर, पोस्ट अप ओ टी कक्षाहरू निरीक्षण गरेका छौँ । मृतक कमला भट्टराईको उपचारको नेतृत्व सम्हालेका राजेन्द्र गुरागाईँको कमाण्डमा २३ भन्दा बढी स्टाफ नर्सहरु खटिएको रिपोर्ट पाएका छौँ । यसबारे आज सत्य तथ्य डाटा सार्वजनिक हुँदै छ ।’ टाेलीका सदस्य डा. विकास देवकाेटाले भने ।

स्वास्थ्य मन्त्रालयले अनुसन्धानको निचोड ननिकालेसम्म अस्पताल र ओपिडि सेवा बन्द गर्न निर्देशन दिएको छ । यसअघि अस्पतालका अध्यक्ष उद्धव पौडेल, लगानीकर्ता चण्डीराज ढकालहरुले अस्पताल खुल्ला नै गरिदिन पीडित पक्षसँग आग्रह गर्दै आएका थिए । यससँगै मन्त्रालयले अनुसन्धानको निचोड नआएसम्म बन्द गर्न निर्देशन दिएका थियो । पीडित पक्षहरुले अहिलेपनि ज्यानमारा अस्पताल बन्द गर्न निर्देशन दिएपनि तत्काल एक्सन लिन नसकिने र यसबारे अनुसन्धान पछि सबै निचोड आउने टोलीका सदस्य देवकोटाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *