पोखरा सभागृहमा मल्टिप्लेक्स हल सञ्चालनमा

एन एच पौडेल, पोखरा । पोखराको सभागृहचोकमा मल्टिप्लेक्स हल सञ्चालनमा आएको छ । लामो समयदेखि चलचित्र व्यवासयमा संलग्न रहेका व्यवसायी उत्तम द्धाले दुई वटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएका हुन् । मिड टाउन ग्यालेरिया कम्प्लेस सहित दुई वटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएको कम्पनीका प्रबन्ध निर्देशक निकेश द्धाले जानकारी दिए ।

‘पैसा अनुसार सुविधा लिएर सिनेमा हेर्नेहरुका लागि हामीले हल खोलेका हौँ,’ मिड टाउन ग्यालेरियाका अध्यक्ष उत्तम द्धाले भने,‘अब आरमदायी रूपमा सिनेमा हेर्न पोखरा बासीलाई बाहिर जानु पर्दैन ।’

हलमा आधुनिक उपकरण र साउण्ड सिस्टम जडान गरिएको उनले बताए । विश्वकै आधुनिक एनईसी टुके प्रोजेक्टरले पिक्चर देखाउने भएकाले क्वालीटीको पिक्चर सहितको सेवा उपलब्ध हुने उनले बताए । मिडटाउन ग्यालेयरिया सिनेमाको प्रक्रियाबाट निर्माण भएको हलमा आरामदायी सिट र एसी जडान गरेको छ । विभिन्न खानाको परिकारका लागि छुट्टै रेस्टुरेन्ट समेत रहेको उनले बताए ।

द्धाले पोखरामा चारवटा र बुटवलमा एकवटा हल सञ्चालन गर्दै आएका छन् । दुईवटा मल्टिप्लेक्स हलमध्ये एउटामा १ सय ७३ र अर्कोमा १ सय ८२ सिट क्षमता रहेको छ । मलमा ब्राण्डेड सामानहरू राख्ने तयारी छ । द्धाले मल सहितको अत्याधुनीक हल निर्माण गर्न ३६ करोड रुपैयाँ लगानी गरेको बताए ।

मलमा ३० भन्दा बढी ब्राण्डका १४ वटा व्यावसायिक प्रतिष्ठानद्धारा ग्यालेरियामा ब्राण्डेड सामानहरुको पसलहरु सञ्चालन गर्ने प्रबन्धक निकेश द्धाले जानकारी दिए । मलमा एप्पलको इभो स्टोर, ब्राण्डेड लुगाको विक्रेता बोसिनी, कस्मेटीक सामग्रीको बडी सप, कन्भर्स र भान्स जुत्ता कम्पनी, स्तरीय रेष्टुरेण्ट, कफी सप, एटिएम लाउन्ज, व्युटी सलुन लगायतको व्यावसायिक स्टल राखिने छन् ।

मल्टिप्लेक्स हलमा चलचित्र हेर्नको लागि शुक्रवार, शनिवार र सार्वजनिक बिदाको दिन ३ सय ५०, मङ्गलवार र बिहान ८ बजेको सोका लागि १ सय ७५ र अन्य बारमा २ सय ५० रुपैयाँ तिर्नु पर्ने द्धाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =