आजदेखि सुरु भएको मतदाता परिचयपत्र वितरण पर्सीसम्म

काठमाडौं, भदौ ३० । निर्वाचन आयोगले तेस्रो चरण अन्तर्गत असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि मतदाता परिचयपत्र वितरण गर्दैछ । आज, भोलि र पर्सीसम्म मतदाता परिचयपत्र वितरण गर्नेगरि सबै मतदात केन्दैमा तयारी भइरहेको छ ।

मतदान असोज २ गते बिहान ७ बजेबाट हुनेछ । मतपत्रका साथमा आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सही रुपमा मत संकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नं प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५ सयभन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयमसेविका परिचालन गरिएको छ । प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते सोमवार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७ सय ९२ मतदाता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =