दुई तिहाई पुग्ने अवस्थामा फेरि संविधान संशोधन प्रस्ताव ल्याईने

धनुषा, भदौ २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरी संबिधान संशोधन प्रस्ताव केन्द्रीय व्यवस्थापिका सदनमा ल्याईने बताउनु भएको छ ।

धनुषाको सहीद नगरपालिका यदुकुहामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले एमाले र राप्रपाका कारण मधेशी जनताका अधिकार स्थापित गर्न नसकिएको टिप्पणी गर्नुभयो ।

‘मैले मधेशी जनताका जायज माग पुरा गर्न निकै कोशिश गरे । मतदानमा संशोधन प्रस्ताव लगियो तर पुराना राजामहाराजावादी र परिवर्तन नचाहने पार्टीहरूका कारण पारित गर्न सकिएन ।’ प्रचण्डले भन्नुभयो, ‘अब प्रदेश र केन्द्रमा परिवर्तनकारी शक्तिहरूको बहुमत भएको बेला फेरी प्रस्ताव ल्याएर मधेशी जनताको अधिकारको ग्यारेंटी गरिनेछ ।

संबिधान संशोधन प्रस्ताव पारित नभएपनि सबै दललाई निर्वाचनसम्म ल्याई पुरयाऊन सफल भएको बताऊँदै प्रचण्डले भन्नुभयो, ‘संशोधन प्रस्ताव पारित हुन सकेन तर यो संबिधान केही होईन भन्ने होईन, सामाजिक न्याय, समावेशिता, गणतंत्र, धर्म निरपेक्षता जस्ता कुरालाइ यसले संस्थागत गरेको छ । अब प्राप्त उपलब्धिको रक्षा गरेर बाँकी मुद्दालाई संशोधनमार्फ़त हल गरेर यसको सर्वस्वीकार्यता बनाऊन हाम्रो कोशिस हुने छ ।’

स्थानीय तह, माओवादी जनसत्ताकै अर्को स्वरूप

अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन चानचुने उपलब्धि नभएको बताऊनु भयो । यो पंचायती चुनाव ज़स्तो या गाविस अध्यक्ष चुने ज़स्तो नभइ स्थानीय सरकारको चुनाव भएकोले यसको महत्व बुझन वहाँले अपील गर्नु भयो ।

‘तपाईहरूले गाऊँको, आफ्नो क्षेत्रको प्रधानमन्त्री चुन्ने अवसर पाउनु भएको छ । यो २० वर्षपछिको पहिलोपटक हुन गईरहेको र गुणात्मक रूपले फ़रक़ ऐतिहासिक चुनाव हो ।’ प्रचण्डले भन्नु भयो, ‘हिजो हामीले जनसत्ता र जनसरकार संचालन गरेका थियौ तर त्यसले वैधानिकता पाएको थिएन । स्थानीय तहको निर्वाचनबाट बन्ने अहिलेको सरकार पनि त्याहि जनसरकार हो, बैधानिक र सबैले मान्यता दिएको स्थानीय सरकार ।’

आम जनताले यो स्थानीय तहको महत्व बुझन नसके ग़लत तत्वहरूको हातमा स्थानीय सत्ता पुग्ने ख़तरातर्फ इंगित गर्दै प्रचण्डले परिवर्तनकारी पार्टीलाई मत दिन अपील गर्नु भयो । ‘यो अधिकार माओवादीका कारण मात्र सम्भव भएको हो । यो कुरा आम जनताले बुझनु ज़रूरी छ । फेरी हाम्रा अधिकार बिरोधी रहेकाहरुलाई मत दीयौ भने त्यों आत्मघाती क़दम हुनेछ ।’ प्रचण्डले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *