मधेसको डुवान समस्या चाँडै समाधान हुन्छ: देउवा

सर्लाही, भदौ २९ । प्रधानमन्त्री एवं नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले तराई मधेसमा वर्षेनी भैरहने डुवानको समस्या अब चाँडै समाधान हुने बताउनु भएको छ । आजै सर्लाही सदरमुकाम मलंगवामा आयोजित काँगे्रसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तराईका सीमावर्ती क्षेत्रमा वर्षेनी हुने बाढी र डुबानको समस्या दीर्घकालिन रुपमा समाधान गर्न भारतीय अधिकारीहरुसँग छलफल भैरहेको बताउनुभयो ।

उहाँले मधेस र मधेसीको माग सम्वोधन गर्ने एकमात्र पार्टी काँगे्रस मात्रै भएकाले आसन्न स्थानीय तह निर्वाचनमा काँगे्रसका उम्मेदवारलाई मतदान गर्न अपिल गर्नुभयो । उहाँले काँगे्रसलाई बहुमतले बिजय गराए संविधान संशोधन गराई मधेसका नागरिकको माग सम्वोधन गर्ने आश्वासन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *