काँग्रेस पहिलो पार्टी बन्ने प्रधानमन्त्री देउवाको भनाइ

“
काठमाडौं, भदौ २९ । प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा तराई मधेशका जनताले काँग्रेसलाई नै रोज्ने दाबी गर्नुभयो ।
तराईमा हुने बाढी समस्या समाधानका लागि भारत सरकार प्रतिबद्ध रहेको उहाँले खुलासा गर्नुभयो । हुलाकी राजमार्गले तराईलाई समृद्ध बनाउने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गर्नुभयो । भारत र नेपालको सम्बन्ध बलियो रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
सुनकोशी बाँध बाँधेर कमलामा पानी झारेपछि बिजुली र पानीको समस्या समाधान हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले एमालेको राष्ट्रवादले देश खतरामा फसेको आरोप लगाउनुभयो । मिलेर बसेको नेपालीलाई फुटाउने काम एमालेले गरिरहेको आरोप प्रधानमन्त्री देउवाको थियो ।
“








