यस्तो छ कारण मिर्गौलामा रोग लाग्नुको, मिर्गौला बचाउने उपाय यस्ता छन्

काठमाडौं, भदौ २९ । मानिसको दैनिक जीवनशैलीले शरीरको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । अहिलेको बदलिँदो जीवनशैलीले मानिसहरू व्यस्त रहँदा आफ्नै स्वास्थ्यलाई त्यति ध्यान दिन पाइरहेका हुँदैनन् ।

कसरतको कमी, जंकफुड सेवन तथा मद्यपान र धूम्रपान गर्ने बानीले मिर्गौलालगायतका अंगलाई प्रत्यक्ष असर पुर्‍याइरहेको हुन्छ । रगत सफा गर्ने, मूत्र उत्पादन तथा शरीरका खराब पदार्थहरू निष्कासन गर्न महत्वपूर्ण भूमिका खेल्ने मिर्गौला आफ्नै कारणले कमजोर बनाइरहेका हुन्छौँ ।

यस्तै, जीवनशैलीका कारण थाहा नै नपाएर मिर्गौलामा समस्या हुँदा अकालमै ज्यान गुमाइरहेका छन् । मिर्गाैला बचाउन अपनाउनुपर्ने जीवनशैलीका बारेमा शिक्षण अस्पताल महाराजगन्जका मिर्गौलारोग विशेषज्ञ डा. दिव्या सिंहले यस्ता सुझाब दिएकी छिन्:

मर्गाैलालाई प्रत्यक्ष असर पार्ने प्रमुख कारणमध्ये हाम्रो भोजनशैली हो । हामीले दैनिक खाने खाना जस्तै: डिप फ्रिजमा राखिएका खाना, तारेको खाना, जंकफुडलगायतले मिर्गौलालाई असर पुर्‍याउँछ ।

मधुमेह, मुटुरोग, पत्थरी, वंशाणुगत समस्या जस्ता कारणले मिर्गौला कमजोर बनाउन सक्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिहरूले आफ्नो जीवन सहज भएर बिताउनुपर्छ । मिर्गाैलालाई असर पुग्ने कुनै पनि कार्य  गर्नु हुँदैन ।

मोटो शरीर हुनेलाई पनि मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले शारीरिक बनावट सधैँ सन्तुलनमा राख्नुपर्छ । त्यसका लागि शारीरिक व्यायाममा विशेष ध्यान दिनु फाइदाजनक हुन्छ ।

शरीरमा भएका धेरै प्रकारका दुखाइ कम गर्न विभिन्न औषधि तथा पेनकिलर खाने बानी हुन्छ । यसरी जथाभावी औषधि सेवन गर्दा पनि मिर्गौलालाई खराब गर्छ । चिकित्सकको सल्लाहविना आयुर्वेदिक औषधिको प्रयोग गर्दा पनि मिर्गौलामा खराबी गर्न सक्छ ।

कतिपय व्यक्ति राति सुतेका वेला पिसाब आएमा उठ्न अल्छी गरेर रातभरि नै रोक्ने पनि गर्छन् । यसरी पिसाब धेरै समय रोक्दा पनि मिर्गाैलालाई भार भई इन्फेक्सन हुन सक्छ ।

पानी कम खाँदा, प्रोटिनयुक्त खानाको कमीले पनि मिर्गौलारोग लाग्न सक्छ । अल्कोहलयुक्त पेय पदार्थ धेरै सेवन गर्नु, मासु धेरै खाने तथा प्रोटिनयुक्त अन्य परिकार धेरै खाँदा पनि मिर्गाैलामा असर पुग्न सक्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *