कांग्रेस र माओवादी केन्द्रले छाने राष्ट्रिय सभाका उम्मेदवार

काठमाडौं, माघ ९ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका १६ उम्मेदवार छनोट गरेको छ । शीर्ष नेताहरुको बैठकले प्रदेश ४, ५, ६ र ७ का चारचार उम्मेदवार छनोट गरेको हो ।

प्रदेश १, २ र ३ को भने उम्मेदवार छनोट हुन बाँकी छ । कांग्रेसले चार प्रदेशको ४–४ सिटमा मात्र उम्मेदवारी दिने भएको छ । प्रदेश नम्वर ४ बाट सुररेन्द्रराज पाण्डे, बृन्दा राना मगर, जीतबहादुर नेपाली, प्रकाश पन्त रहेका छन् । प्रदेश नम्वर ५ बाट दुर्गाप्रसाद उपाध्याय, अनिता देवकोटा, मैकुलाल बाल्मीकि, लुटबहादुर खत्री रहेका छन् ।

यसैगरि प्रदेश नम्वर ६ बाट विष्णुबहादुर शाही, सूर्यदेवी मल्ल, सिताराम विके, गोपालप्रसाद शर्मा र प्रदेश नम्वर ७ बाट बद्री पाण्डे, तारादेवी भट्ट, शेरी राम पार्की, छत्रराज जोशी छनोट भएका छन् ।

माओवादी र जनमोर्चाका उम्मेदवार
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले प्रदेश नं. २ मा १ बाहेक अन्य १३ उम्मेदवारको नाम टुंगो लगाएको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवारको टुंगो लगाएको हो ।

माओवादीले प्रदेश नं. १ मा बीना पोखरेल, प्रदेश नं. २ मा शशिकला दाहाल, प्रदेश नं. ३ मा रामबहादुर थापा, गंगा पराजुली, प्रदेश नं. ४ मा दीनानाथ शर्मा, खीमकुमार बि.क. प्रदेश नं. ५मा राजकुमार कुंवर र चन्द्र बहादुर खड्काको नाम टुंगो लगाएको छ ।  यसैगरि प्रदेश नं. ६ मा जीवन बुढा, युटुल लामा, कालीबहादुर मल्ल, प्रदेश नं. ७ मा लालिराम लोहार र हरिराम चौधरी रहेका छन् ।

यसैबीच, राष्ट्रिय जनमोर्चाले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट कृष्ण अधिकारी, मीना पुन र रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने भएको छ ।  पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अधिकारी र पुन प्रदेश नं ४ बाट तथा नेपाली प्रदेश नं ५ बाट उम्मेदवार हुनुहुने जनाइएको छ ।

बाँकी उम्मेदवार चयन गर्न नेकपा एमाले र नेपाली कांग्रेसको बैठक जारी छ ।

निर्वाचन कार्यतालिका अनुसार भोली मनोनयन दर्ता गराउनु पर्ने भएकाले दलहरुले आजै उम्मेदवारको नाम टुंगो लगाउन छलफलमा जुटेका हुन् । हिजो प्रदेश नम्बर ५, ६ र ७ का १३ उम्मेदवारको नाम टुंगो लगाएको एमालेको बाँकी उम्मेदवारको टुंगो लगाउन आज पनि स्थायी समितिको बैठक बसेको छ । पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा जारी बैठकले बैठकले प्रदेश १, २, ३ र ४ को टुङ्गो लगाउने ओलीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =