शीतकालिन ओलम्पिकमा दुई कोरियाको संयुक्त झण्डामुनी खेल्ने सहमति
२०७४ जेठ १५ गते

काठमाडौं, माघ ४ । आउँदो फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिकमा दुई कोरिया ले साझा झण्डा लिएर मार्च गर्ने भएका छन् । उत्तर दक्षिण कोरियाका उच्च नेताको वार्तामा आउँदो फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर ओलम्पिकमा एकीकृत कोरियाको झण्डा लिएर दुवै कोरियाका खेलाडीले मार्च गर्ने सहमति भएको हो ।
सीमावर्ती गाउँ पान्मुन्जोममा भएको भएको वार्ताका क्रममा यस्तो सहमति भएसँगै दुवै देशका महिला आइस हकी टिमले साझा झण्डा लिएर मार्च गर्ने छन् । दुई कोरियाबिच दुई वर्षभन्दा बढी समयपछि भएको उच्चस्तरीय वार्तामा यस्तो सहमति भएको हो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








