ओम अस्पतालले फेरि बिरामीको ज्यान लियो, सोधखोज गर्दा उल्टै लाठी चार्ज (भिडियोसहित)

काठमाडौं,भदौँ २८ । महिनै पिच्छे एक जना बिरामीको ज्यान लिने चाबहिलस्थित ओम हस्पिटलमा आज बुधबार नाकको उपचाररत एक जना बिरामीको मृत्यु भएपछि हल्लीखल्ली मच्चिरहेको छ । तर, विरामीको के कारणले मृत्यु भयो भनेर आफन्तले सोध खोज गर्दा अस्पालले उल्टै सुरक्षा परिचालन गरेर लाठी चार्ज गरेको छ भने बिरामीको कसरी मृत्यु भयो त्यो चिकित्सकहरुले खुलस्त पारेका छैनन् ।

अहिले अस्पताल परिसरभित्र प्रहरी प्रशासनको हालीमुहाली छ । प्रहरीले शान्ति सुरक्षा दिनुपर्ने बेला उल्टै बिरामीका आफन्तहरुलाई लाठी चार्ज गर्दै लखट्दै छ । बुधबार बुटवलकी ४० वर्षिय कमला भट्टराईको नाकको शल्य क्रियाका क्रममा मृत्यु भएको हो । गत शनिबार अस्पताल भर्ना भएकी उनी उनी नाकको कुरकुरे हाड सोझ्याउन आएकी थिइन् । स्वास्थ्य अवस्था सामान्य रहेको उनको आज दिउँसो उपचारका क्रममा एक्कासी मृत्यु भएको अस्पतालले घोषणा गर्यो । सामान्य बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले यसबारे सोध खोज गर्न खोज्दा उल्टै सुरक्षाकर्मी लगाएर लाठी चार्ज गर्दै खेदेका थिए । अहिले अस्पताल परिसर तनाव ग्रस्त रहेको छ । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

ओममा घटेको आजको यो घटना पहिलो हैन । गत साउन १९ गते ओम अस्पतलामा उपचारका क्रममा ५० वर्षीय नन्दकुमारी लामिछानेको मृत्यु कसरी भयो ? पछि अस्पतालले आफन्तसँग मिलेमतो गरेर त्यो घटना सल्टायो । तर, एक महिना पूरा नहुँदै फेरी आज अर्काे घटना घट्यो ।  यसरी महिनै पिच्छे सामान्य विरामीलाई उपचार गर्दा मृत्युको मुखमा पुर्याउने कमलाको नाकको उपचार गर्ने डा. राजेन्द्रप्रसाद गुरागाईँ अस्पतालको कोठा बाहिर निस्केका छैनन् । ‘जन्मजातै उनको नाक थोरै बांगो थियो, दुख्ने÷घोच्ने केही हुन्थेन । बुझ्न जाँदा डाक्टरले सामान्य शल्यक्रिया गर्नुपर्छ भन्यो,’ मृतकका श्रीमान बसन्त भट्टराईले भक्कानिदै भने,‘ डा. राजेन्द्र प्रसाद  गुरागाईंले मेरी श्रीमती ज्यान लिए ।’

शल्यक्रिया पश्चात बिरामीको नाकबाट निरन्तर रगत बगिरहेको, बारम्बार बान्ता भएको, पिसाब रोकिएको मृतकका आफन्तले बताए । ‘रगत नरोकिएपछि हामीलाई डेढ लाखको औषधि किन्न लगाए, डाक्टरले अत्याधिक औषधिकै कारण मृगौला फेल भयो पनि भने,’ मृतकका आफन्त विदुर दाहालले खबर गरे । तर, अस्पतालले कमलाको मृत्युबारे मुख खोलेको छैन । अस्पतालको गेटमा सुरक्षाकर्मी तैनाथ गरेर राखिएको छ ।

भिडियो हेर्न यहाँ थिच्नुहोस् :

https://youtu.be/NYZMCMQYqig

https://youtu.be/TDKK2jIMJsc”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *