टर्की र रुस बीच क्षेप्यास्त्र किन्ने विवादास्पद सम्झौतामा हस्ताक्षर
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २८ । टर्कीले रुससँग विमानहरुमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने विवादास्पद सम्झौतामा हस्ताक्षर गरेको छ ।उक्त सम्झौताका लागि अंकाराले करिब साढे दुई अर्ब डलर रकम जम्मा गराइसकेको टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दाेगानले बताउनुभयो ।
रुसी एस–४०० नामक क्षेप्यास्त्र प्रणालीले ४०० किलोमिटर परसम्म उडिरहेका विमानमा निशाना लगाउन सक्ने र एकैसाथ दुई वटा क्षेप्यास्त्र प्रहार गर्दै ८० वटा निशानामा एकैपटक हान्न सक्ने छ ।नेटोका सदस्य राष्ट्रमध्ये टर्कीसँग दोस्रो ठूलो सैन्य क्षमता रहेको छ । यता,अमेरिकाले टर्की र रुसबीचको सम्झौताको विरोध गरेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








