प्रहरी नायव महानिरीक्षक सिलवालले दिए राजीनामा (पत्रसहित)
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २८ । प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतको पूर्ण बृहत इजलासले आफ्नो रिट खारेज गरेपछि उहाँले राजीनामा दिएको जानकारी गराउनुभएको हो ।
उहाँले आफू कानूनी लडाइँका लागि सर्वोच्च गएको तर सर्वोच्चले आफ्नो रिट खारेज गरिदिएपछि नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभयो ।
उहाँले ३० बर्षे कार्यकाल पूरा गर्न केही महिना मात्र बाँकी थियो । प्रहरी महानिरीक्षकको बढुवा र त्यसमा असन्तुष्टी जनाउँदै सर्वोच्चमा रिट दायर गरेपछि उहाँ बिदामा बस्नुभएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








