प्रहरी नायव महानिरीक्षक सिलवालले दिए राजीनामा (पत्रसहित)

काठमाडौं, भदौ २८ । प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतको पूर्ण बृहत इजलासले आफ्नो रिट खारेज गरेपछि उहाँले राजीनामा दिएको जानकारी गराउनुभएको हो ।

उहाँले आफू कानूनी लडाइँका लागि सर्वोच्च गएको तर सर्वोच्चले आफ्नो रिट खारेज गरिदिएपछि नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभयो ।

उहाँले ३० बर्षे कार्यकाल पूरा गर्न केही महिना मात्र बाँकी थियो । प्रहरी महानिरीक्षकको बढुवा र त्यसमा असन्तुष्टी जनाउँदै सर्वोच्चमा रिट दायर गरेपछि उहाँ बिदामा बस्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *