समानुपातिकतर्फ ८८ दलबाट भाग लिन निवेदन
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौं, भदौ २७ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आगामी मंसिरमा हुने निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ८८ राजनीतिक दलले भाग लिन निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेश गर्न आजसम्मको समय दिएको निर्वाचन आयोगले जनाएको छ ।
उक्त प्रतिनिधिसभा र प्रदेशभा सदस्यको निर्वाचनमा भाग लिनका लागि आयोगमा दल दर्ता गराएकामध्ये मधेश तराई फोरम, मधेश समता पार्टी र नेपाली ग्रिन्स पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन नआएको आयोगबाट थाहा भएको छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित