कांग्रेसले अन्र्तघात गर्नेको खोजी असोज १० भित्र गर्ने

काठमाडौं, भदौ २७ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि २०७० संशोधनसहित पारित गरेको छ । केन्द्रीय अनुशासन समितिको बैठक समितिका संयोजक रमेश रिजालको अध्यक्षतामा मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले

अनुशासन समितिको सचिवमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव अधिवक्ता केशव रिजाललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । त्यस्तै  पहिलो र दोस्रो चरणमा स्थानीयतहको निर्वाचन भएका प्रदेश नं. १, ३, ४, ५, ६ र ७ (२ नं. प्रदेश बाहेक) मा पार्टीका कुनै सदस्यले आधिकारिक उम्मेदवारका विरुद्ध असहयोग र अन्तर्घात गरेको भए असोज १० गते सम्म उजुरी दिनसक्ने  निर्णय पनि गरेको मुख्य सचिव कृषणप्रसाद पौडेलले जनाए ।

पौडेलले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारकाविरुद्ध असहयोग र अन्तर्घात गरेर उजुरी परेकाहरुसँग स्पष्टिकरण माग्ने निर्णय पनि गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *