चन्द्रपुरमा प्रमुख दलका उम्मेदवारको यस्तो छ प्रतिबद्धता

भदाै २७, काठमाडाै ।

उद्धब रेग्मी

प्रदेश नं. २ को सबैभन्दा ठुलो नगरपालिकाको रूपमा रहेको चन्द्रपुर नगरपालिकाको लागी नेकपा एमालेको तर्फबाट नगर प्रमुखको उमेदवार दिएका उद्धब रेग्मीले सम्बृद्ध चन्द्रपुर नगरको विकासको लागी उमेदवारी दिएकोे बताएका छन् । चन्द्रपुर नगरपालिकालाइ आधुनिक सहरको रूपमा बनाउने नाराका साथ मतदातासँग मत माग्दै हिडेका उम्मेदवार रेग्मीले आफूले बोलेको कुरा कुनै हालतमा पनि पुरा गरेर नै छाडने प्रतिबद्धता व्यक्त गरेका छन् । चन्द्रपुरनगरको ढल निकासको अभावमा नगर कुरुप भएको बताउँदै नगर प्रमुखका उम्मेदवार रेग्मीले सबैभन्दा पहिला ढल निकाशलाइ प्रथामिकता दिने बताए ।

नगर प्रमुख उम्मेदवार रेग्मी भन्छन्, “चन्द्रपुर नगरपालिका सबैको आर्कषण स्थल हो, यँहा धेरै पर्यटन स्थलहरुको विकासको आवश्यकता छ त्यसको लागी मैले योजनाबद्ध रूपमा काम गर्नेछु, यसको लागी आम नगरबासीले सहयोग गर्नु पर्छ”। उनी भन्छन्, “यो नगर विकास उन्मुख नगरको रूपमा रहेको हुँदा यहाँ धेरै भौतिक विकासका पुर्वाधारहरु निमार्ण गर्नुछ जुन काम मैले निवार्चन जितेमा ५ वर्ष भित्र पुरा गर्न समेत प्रतिबद्ध छु”। रेग्मी थप्छन, चन्द्रपुर नगरपालिकाका अधिकांश सडकहरु ग्रामीण सडक छन्, कति ठाउँमा स्वच्छ खानेपानी पुग्न सकेको छैन यस्ता धेरै कुराहरूको समस्या भएको हुँदा यसको विकासको लागी नेकपा एमालेलाई नै जिताउनु पर्छ ।

साबिक चन्द्रनिगाहपुर गाविसको अध्यक्ष भएर काम गरिसकेको बताउँदै रेग्मीले भने चन्द्रपुरबासीहरु कै सेवा गरेर अहिले यो अवस्था सम्म आएको छु अझै पनि चन्द्रपुरबासीले सेवा गर्ने मौका दिने कुरामा ढुंक्क छु  । विगत लामो समय देखी नै एउटा समाजिक व्यक्तिको हिसाबले पनि समाजका विभिन्न विकास निमाार्ण देखी बिपतिमा समेत सहयोग गरेको हुँदा यो निर्वाचनमा आफ्नो अमूल्य मत दिएर चन्द्रपुरबासीले मलाइ जिताउनेमा आफूलाई विश्वास रहेको उम्मेदवार रेग्मीले व्यक्त गरे ।

रामचन्द्र चौधरी

नेपाली काँग्रेसबाट चन्द्रपुर नगरपालिकाको लागी नगर प्रमुखको उमेदवार बनेका रामचन्द्र चौधरीले शैक्षिक विकास र नगर भरीका किसानहरूको जीवन स्तर उकास्न मुख्य लक्ष्य रहेको बताएका छन् । चन्द्रर नगरपालिकामा ७५ प्रतिशत किसान रहेको बताउँदै नगर प्रमुख उमेदवार चौधरीले आफ्नो प्रमुख लक्ष्य भनेको शिक्षाको विकासका जोड दिएका छन् ।

आफू चन्द्रपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि नगर भरीका बिद्यालयहरुको भौतिक पूर्वाधारको विकास र गुणस्तरीय शिक्षाको लागी नमुना सहरको रूपमा चन्द्रपुरलाइ स्थापना गर्ने समेत बताए । उम्मेदवार चौधरीले भने,   “नगरबासी शिक्षित भए मात्र नगर शिक्षित हुने हो, नगरबासी शिक्षित भएपछि नगर आफै विकास हुन्छ ,तसर्थ मैले सबै भन्दा पहिला गुणस्तर शिक्षाको लागी पहलीकदम हुनेछ” । उनले भने, “चन्द्रपुर नगरपालिका किसानहरूको नगर हो, किसानहरूको आर्थिक स्तर उकास्नको लागी पनि आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछु र किसान दाजुभाइको जिवनयापन सहज गर्न उतरदायी भूमिका मेरो हुनेछ ”।

साबिक सन्तपुर गाविसका पूर्व गाविस अध्यक्ष समेत भइसकेका चौधरी भन्छन्, ”चन्द्रपुर नगरपालिकामा विकासको लागी धेरै चुनौती छन्, नदी नियन्त्रण, किसानलाई सिचाइको व्यवस्था, सडक निमार्ण तथा स्तर उन्नति लगायतका याबत समस्याको समाधानको लागी नेपाली काँग्रेसलाई नै जिताउनुको विकल्प छैन” । आम चन्द्रपुरबासीले अत्यधिक मतका साथ नेपाली काँग्रेसलाई नै जिताउने समेत उमेदवार चौधरीले विश्वास गरे ।

युवराज भट्टराई

नेकपा माओवादी केन्द्रको तर्फबाट चन्द्रपुर नगरपालिकाको नगर प्रमुखको लागी उमेदवार दिएका युवराज भट्टराईले समग्र चन्द्रपुर नगरपालिका विकासको विकासको लागी युवा पुस्ताको खाचो भएको महसुस गदै उमेदवारी दिएको बताए । यथास्थीतीबादीबाट नगरको विकास हुने नदेखेपछि चन्द्रपुर नगरपालिकाको आम युवाहरूको आग्रहबाट नै आफूले नगर प्रमुखमा उमेदवारी दिएको बताँउछन । नगर प्रमुख भट्टराई भन्छन्, ”अबको सहर आधुनिक सहर हुनुपर्छ, आधुनिक सहर निमार्णमा धेरै समस्याहरू छन् ती समस्या समाधानको लागी मेरो उमेदवारी हो” ।

उनले भने, ”चन्द्रपुर नगरपालिका भित्र सडक, खानेपानी, सरसफाइ, ढल तथा नाला निकास लगायतका याबत समस्याहरू छन् ती समस्या समाधान चाडो भन्दा चाडो गर्नु मेरो लक्ष्य हो  । माओवादीको १० बर्से द्धन्द्धकालमा समन्वयको राम्रो भूमिका निर्वाह गरेका नगर प्रमुख उम्मेदवार भट्टराईले भने, “मेरै आग्रहमा शहरी विकास मन्त्रालयले नेपालको १० वटा सहरलाई स्मार्ट सिटी बनाउने लक्ष्यमा चन्द्रपुर नगरपालिका पनि परेको छ यो एकदमै खुसीको कुरा हो । यो त केवल मेरो विकासको सुरुवात मात्र हो , मतदाताहरुको अमूल्य मतले यस चन्द्रपुर नगरपालिकाका नगर प्रमुखमा विजयी भएपछि नेपाल कै एउटा आधुनिक सहर निमाण गर्ने काम म बाट सुरु हुन्छ ।

“मलाइ विश्वास छ आम चन्द्रपुरबासीहरुले आफ्नो अमूल्य मत दिएर नगरको समंग्र विकासको लागी अवसर दिनुहुनेछ” भट्टराईले भने । चन्द्रपुर नगरपालिका भित्र पर्यटनका सम्भावना बोकेका धेरै स्थलहरु छन् तिनको विकासको लागी पनि आफ्नो महत्त्वपूर्ण कदम रहने उमेदवार भट्टराईले बताए ।

तरार्इ एक्सप्रेस दैनिकबाट साभार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *